मार्कुले जित्यो पहिलो पटक १ लाख ५ हजार राशिको क्रिकेट प्रतियोगिता

Posted on: 08 Nov, 2018

कमल रावल | कातिक २२, अछाम | अछामको साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडीकोटको बडासैन खेल मैदानमा सम्पन्न जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि सान्निकोट युवा क्लब चौरपाटी गाँउपालिका वडा नम्बर ७ मार्कुले उचालेको छ । बुधबार भएको फाईनल खेलमा बैजनाथ युवा क्लब साँफेबगर नगरपालिका वडा नम्बर १ कालिमाटीलाई ६ रनले पराजित गर्दै मार्कुले उपाधि उचालेको हो ।

प्रथम भएसँगै मार्कुले नगद १ लाख ५ हजार सहित, कप, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता भएकोे कालिमाटीले नगद २० हजार सहीत कप, मेडल र प्रमाणपत्र चित्त बुझाएको छ । टस जितेर कालिमाटीले पहीले फिल्डीग गर्ने निर्णय गरेपछी ब्याटिग गरेको मार्कुले निर्धारित १५ ओभरको खेलमा १२ ओभरमा अल आउट हुदै ७६ रन बनाएको थियो । जवाफमा लक्ष्य पछ्याएको कालिमाटी १३ ओभरमा अलआउट हुदै ७० रनमा सिमीत भएको थियो । जहाँ मार्कुको ६ रनको रोमाञ्चक जित भएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सान्निकोट युवा क्लब मार्कुका हिमाल बिक म्यान अफ द सिरिज र फाईनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका मार्कुकै भरत सुनार म्यान अफ द म्याचको पुरुस्कार पाउन सफल भएका थिए । 

अनुभवी खेलाडीले भरिपुर्ण कालिमाटीलाई भर्खरै क्रिकेटमा उदयमान भएको मार्कुले जिल्ला भरिमा जितेको यो पहिलो क्रिकेट प्रतियोगिता हो । प्रतियोगिताका लागि दाबेदार मानिएको साफेबगर नगरपालिका क्वाटरफाईन, आयोजक रिडिकोट युवा क्लब ए सेमिफाईनल र बैजनाथ युवा क्लब कालिमाटी फाईनल खेलमा पराजित हुन पुगेको हो ।

२०७० सालबाट बडसैनमा सुरु भएको ठुलो धनराशिका क्रिकेट प्रतियोगितामा हाल सम्म रेडियो रामारोशन, कालिका युवा क्लब बागभिडि, बैजनाथ युवा क्लब कालिमाटी, सिवाईसि अत्तरिया र अहिले सान्निकोट युवा क्लब मार्कु उपाधि जित्नेमा आफ्नो नाम राख्न सफल भएका छन । कात्तिक १४ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १८ टिमको सहभागिता रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!