सन्दीप दिल्लीमै रहने

Posted on: 16 Nov, 2018

कात्तिक ३०, काठमाडौँ | नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । 

सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक आफ्नो टिममा राखेको हो । आइपिएलको अघिल्लो संस्करणमा दिल्लीले पहिलो पटक उनलाई टिममा लिएको थियो । उनी आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २०१८ को आइपिएलमा दिल्लीले सन्दीपलाई रु ३२ लाखमा अनुबन्ध गरेको थियो । सन् २०१९ को आइपिएलमा उनलाई अनुबन्ध गरेको रकम भने खुलाइएको छैन । 

सन् २०१८ को आइपिएलमा सन्दीपले दिल्लीका लागि तीन खेल खेल्दै पाँच विकेट लिएका थिए । सन्दीपले आइपिएलसँगै क्याराभिएन प्रिमियर लिग (सिपिएल), ग्लोबल टी–२० (क्यानडा) र अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेलिसकेका छन् । उनी अष्ट्रेलियन बिग बास लिग र बङ्गलादेश प्रिमियर लिगका लागिसमेत छनोट भइसकेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!