‘ए’ डिभिजन लिग: सरस्वती क्लव विजयी

Posted on: 27 Nov, 2018

मङ्सिर ११, काठमाडौँ | शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । 

सात दोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को मैदानमा भएको खेलमा सरस्वतीले ब्रिगेड व्वाइजलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । सरस्वतीको जीतमा विनोद केसी र विदेशी खेलाडी फान्सिस ओकेछुक्वु ओन्यमले एक एक गोल गरे । 

खेल शुरुवातीको तेस्रो मिनेटमा नै सरस्वतीका विनोदले गोल गर्दै पहिलो अग्रता लिए । उनले कप्तान दीपेश श्रेष्ठको पासमा गोल गरेका थिए । तर त्यो सरस्वतीको पहिलो अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको सातौँ मिनेटमा नै ब्रिगेड ब्वाइजका अब्दुल करीम हामोदले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । उनले काजिमले दिएको पासलाई गोलमा परिणत गरेका थिए । 

खेलको दोस्रो हाफमा सरस्वतीले पुनः एक गोल थप्यो । खेलको ५२ औँ मिनेटमा भिक्टरको क्रसलाई सदुपयोग गर्दै फ्रान्सिसले हेडमार्फत गोल गरे । सरस्वतीका सुमन लामा म्यान अफ दि म्याच घोािषत भए । यो जितसँगै सरस्वतीले चार खेलमा ६ अङ्क जोड्दै अङ्क तालिकाको सातांै स्थानमा उक्लेको छ । यता समान चार खेल खेलेको ब्रिगेड ब्वाइज १ जित र ३ हारसहित ३ अङ्कका साथ लिगको एघारांै स्थानमा छ । 

कार्कीले लिगका बाँकी खेल नखेल्ने 

विभागीय टोली त्रिभुवन आर्मी क्लबमा स्ट्राइकर जर्ज प्रिन्स कार्कीले शहीद स्मारक ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् । 

नेपाली राष्ट्रिय टोलीका सदस्यसमेत रहेका कार्कीले आर्मीको तालीममा जानुपर्ने भएकाले लिग गुमाउने भएका हुन् । नेपाली सेनाका सेकेण्ड लेफ्टिनेन्ट कार्कीको बढुवा भएको र तालीमका लागि जानु परेका कारण लिगबाहिर रहने प्रशिक्षक नवीन न्यौपानेले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!