भारतको किर्तिमान तोड्दै उज्ज्वल ठकुरीले तेश्रो पटक गिनिज बुकमा नाम लेखाए

Posted on: 08 Dec, 2018

विजय थापा | मङ्सिर २२, डिसी | डिसी महानगर क्षेत्रका कराते खेलाडी उज्ज्वल ठकुरीलाई तेश्रो गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ । उनले भारतको किर्तिमान तोड्दै २ सय २६ घुँडा प्रहार गरि ठकुरीलाई उक्त बिश्व किर्तिमान पदक प्राप्त भएको हो । यस सहित ठकुरीलाई तेश्रो गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।

काठमाडौँमा जन्मेका उज्ज्वल ठकुरी आमा जयन्ति शर्मा पौडेल तथा बाबु राजेन्द्र ठकुरीका जेठा सुपुत्र हुन् । तेश्रो पटक गिनिज वर्ल्ड रेकर्ड बिजेता ठकुरीले भर्खर मात्र ६ डान उपाधि प्राप्त गरि अमेरिकन मरिन गोजु कराते बाट सम्मानित भएका थिए । तेश्रो किर्तिमान संगै उनले ह्याट्रिक राख्न सफल भएका छन् । उनले यो भन्दा पहिला दुई विधामा खुट्टा फारेर (फांग गरेर) अधिक भार उठाई गिनिज वर्ल्ड रेकर्ड राखेका थिए । 


फांग (खुट्टा फारेर ) गर्ने यस्तो विधा हो जुन कराते,उसु र तेक्वान्दो ले प्रत्येक दिन कसरत गर्नै पर्छ । उक्त विधामा २ पटक पटक बिश्व किर्तिमान राखेका थिए । यो तेस्रो विधामा पनि ठकुरीले नेपाल र नेपालीको लागि अलग पहिचान बनाएका छन् । यो विधामा बिश्वका ठुला राष्ट्रहरु बेलायत ,चीन,रुस ,अमेरिका लगायत देशले पनि किर्तिमान राख्न न सकेकोमा ठकुरी गर्व गर्दछन ।

उनि भन्छन , एउटा नेपाली खेलाडी अमेरिकामा बसेर यी तीनै विधामा प्रत्येक दिन कसरत नगरी नहुने विधामा गिनिज बिश्व रेकर्ड राख्न सफल भएको छु । र मार्शल आर्ट्स (कौशल विधा)को मुख्य भाग चल्ने भनेको हात खुट्टा र घुडा हो अनि फांग(खुट्टा फार्नु ) गर्नु हो उनले थप गर्दै भने ।


तेश्रो बिश्व तेस्रो रेकर्डमा ३ मिनेटमा १ सय ८० घुडा प्रहार गर्नु थियो । जसलाई अग्रेजीमा नी (knee) र बेढंग लडाई (रफ फाइट)मा हिज्ज़ा भनिन्छ । यो किर्तिमान भारतका ग्रान्ड मास्टर जसलाई अमेरिकी राष्ट्रपतिले सम्मान गरेका थिए उनको नाम जय नाथ रेड्डी थिए । उनको १० गिनिज रेकर्ड्स छ। उनको यो किर्तिमान देखेर उनलाई चुनौती दिन मन लागेर चुनौती गरेको बताए ।

जसको लागि आफूले निकै मेहनत र कडा परिश्रम गरेर तेश्रो बिश्व गिनिज रेकर्ड्स कायम गर्न सफल भएको बताए । उनको रेकर्ड्स ३ मिनेट मा १ सय ८० चोटी घुडा प्रहार गर्नु थियो । त्यो पनि नापेर छातीको स्तर साढे ३ फीट भन्दा माथि उनको रेकर्ड हेर्दा सुरुमा गरिएला जस्तो लागिएको थिएन ठकुरी भन्छन । तर छोराले आँटे पछि पुग्छ भनें सोचेर गरे अनि हासिल गरे उनि थप्दछन ।


यसको लागी एक दिन पनि आराम नगरी अहोरात्र खटे अनि यो किर्तिमान हुन् सक्यो उनि भन्छन । ठकुरीले १ किलो वजन समेत बोकेर ३ मिनेट मा २ सय २६ चोटी प्रहर गर्न सफल भए । भारतको किर्तिमान भन्दा एक मिनेट मा ८९ घुडा प्रहार ज्यादा हुन् गएको छ । सबै नेपालीको लागि र नेपालको लागि तीन पटक अर्थात् ह्याटट्रिक गर्ने सपना भएकोले गर्छु भन्ने प्रतिबद्धता र दृढ संकल्प भएकोले सबैको आशिर्बाद र माया पाएकोले यो सम्भव भयो उनि भन्छन ।

आफूलाई हृदय देखि नै संधै सहयोग गर्नु हुने डीसी क्षेत्रका लागि नेपाली मूलका तेक्वान्दो प्रशिक्षक मास्टर कृष्ण बहादुर बलाल र वहाको समूहलाई कृतज्ञता व्यक्त गरेका छन् । उनले भाबुक हुँदै आफ्ना माता पितालाई सम्झन चाहेको बताए । र आमा क्यान्सर(अबुर्द)रोग बाट बित्नु भएको हो भन्दै यदि जीवित हुनु भएको भए कति गर्व गन्रु हुन्थ्यो भनि आफ्ना भावना पोखेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!