जिल्लाबाट तीन सय खेलाडी छनोट

Posted on: 21 Dec, 2018

पुस ६, भीमदत्तनगर (रासस)|  जिल्लास्तरीय प्रतियोगितामा कञ्चनपुरबाट विभिन्न १६ वटा खेलका तीन सय खेलाडी छनोट भएका छन् । 

आगामी माघको अन्तिम सातादेखि प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि यहाँ जिल्ला छनोट सकिएको जिल्ला खेलकूद विकास समिति कञ्चनपुरले जनाएको छ । 

कवड्डी, भलिबल, बक्सिङ, भारोत्तलन, जुडो, तेक्वान्दो, फुटबल, ब्याडमिन्टन, क्रिकेटलगायत १६ वटा खेलको खेलाडि छनोट भइसकेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले जानकारी दिनुभयो । 

‘राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले २७÷२८ खेलमा सहभागिता जनाउनेछ ।’ कार्यालय प्रमुख भट्टले भन्नुभयो,“राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको छनोट माघमा हुने भनिएको छ ।” 

प्रदेशबाट छनोट भएको खेलाडीले मात्रै आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । ‘प्रदेशको छनोटपछि खेलाडी बन्द प्रशिक्षणमा रहन्छन् ।’ उहाँले भन्नुभयो,“अहिले पनि खेलाडी नियमित प्रशिक्षणमै छन ।” 

यस बिषयमा तपाइको प्रतिक्रिया...!