राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सागर पुन घाइते

Posted on: 22 Dec, 2018

पुस ७, काठमाडौँ | राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको आज शल्यक्रिय गरिएको छ । 

दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब छदेखि सात महीना मैदान बाहिरै रहने राष्ट्रिय टोलीको कप्तान पारस खड्काले जानकारी दिनुभयो । 


सागरको अनुपस्थितमा राष्ट्रिय टोलीलाई निकै क्षति पुग्ने खड्काको भनाइ छ । जारी इपिएलमा काठमाडौँ किंग्स ११ बाट खेलेका सागरलाई ललितपुर प्याट्रियसविरुद्धको खेलका क्रममा बलिङ गर्दा चोट लागेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!