शहीद स्मारक फुटबल : एपिएफले आर्मीलाई हरायो

Posted on: 23 Dec, 2018

 पुस ८, काठमान्डौ (रासस) |  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दशौँचरणको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफको जितमा आशिष लामाले दुबै गोल गरेका थिए । पहिलो हाफसम्म गोलरहित बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफको ५६औँ मिनेटमा एपिएफका आशिषले पहिलो गोल गरे । यस्तै खेलको ८५औँ मिनेटमा उनले श्याककुमार नेपालीको पासलाई सदुपयोग गर्दै ब्यक्त्तिग दोस्रो तथा विजयी गोल गरे । 

आर्मीका नवयुग श्रेष्ठले खेलको ८६ औं  मिनेटमा एक गोल फर्काए पनि दोस्रो गोल फर्काउन नसक्दा आर्मी पराजित बन्यो । यो आर्मीको लिगमा दोस्रो हार हो । जितसँगै एपिएफ १० खेलबाट १६ अङ्क जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । आर्मी १८ अङ्कसहित चौँथो स्थानमा यथावत छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!