‘ए’ डिभिजन लिग: बाह्रौँ चरणको खेलमा मछिन्द्र र एनआरटीको बराबरी गोल

Posted on: 31 Dec, 2018

पुस १६, काठमान्डौ (रासस) |  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको बाह्रौँ चरणको पहिलो खेलमा मछिन्द्र क्लब र न्यूरोड टिम (एनआरटी)बीचको खेल बराबरीमा टुङ्गिएको छ । 

सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा दुबै टोलीले ५-५ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेका छन् । 

मछिन्द्रका लागि विशाल राईले दुई गोल गर्दा खामिर गलिसान, अनिल गुरुङ र भासडिया डाइमण्डले एक-एक गोल गरे । डाइमण्डले खेल शुरु भएको तेस्रो मिनेटमा गोल गर्दै मछिन्द्रलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको नवौँ र ६३ औँ मिनेटमा विशालले दुई गोल गर्दा खामिरले खेलको २७ र अनिलले खेलको २९औँ मिनेटमा एक-एक गोल गरे । 

त्यस्तै एनआरटीका अशोक थापाले दुई गोल गरे भने सुशील लामा र विदेशी खेलाडी कौवासी जेनले एक-एक गोल गरे । अशोकले खेलको ३२ औँ र ३४औँ मिनेटमा दुई गोल गर्दा सुशीलले खेलको मध्यान्तर हुनुभन्दा अघिको अत्तिरिक्त समयमा एक गोल थपे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!