पूर्णश्वरको स्वर्णमहोत्सवमा पत्रकारलाई स्वर्ण

Posted on: 02 Feb, 2019

पर्वत /पर्वतको कुश्मा नगरपालिका १० पिलटारीमा रहेको पूर्णेश्वर माध्यमिक विद्यालयमा पत्रकार र विद्यालयका शिक्षकहरुका बीचमा भएको मैत्रिपूर्ण भलिबल प्रतियोगितामा पत्रकारहरुको समूह बिजेता बनेको छ ।

मैत्रीपुर्ण खेलमा पत्रकार महासंघ पर्वतले पुर्णेश्वर माबिका शिक्षकहरुलाई २–० को सोझो सेटमा हराएको हो । पत्रकार महासंघ पर्वतले पहिलो सेट २५–२१ र दोस्रो सेट २५–२३ को अंक सहित बिजयी बनेको थियो ।

बिभिन्न कार्यक्रमहरु सहित विद्यालय स्थापनाको २५ औँ बर्ष मनाईरहेको विद्यालयले स्वर्ण महोत्सवको अवसरमा पत्रकार र विद्यालयका शिक्षकहरुबीच प्रतियोगिताको आयोजना गरेको थियो । खेल सकिएपछि महोत्सवका बिषयमा अहिलेसम्म भएका तयारी र उपलब्धिको बिषयमा पत्रकार सम्मलेन गरेर जानकारी गराईएको छ ।

पत्रकार सम्मेलनमा महोत्सवको लागि अहिलेसम्म भएका कार्यप्रगतिको बारेमा जानकारी गराईएको छ भने यसलाई सफल पार्न पत्रकाहरुको सुझाव पनि संकलन गरिएको महोत्सव मूल आयोजक समितिले जानकारी दिएको छ । विद्यालयका प्रधानाध्यापक शरोज के.सी.का अनुसार महोत्सवको औपचारिक उद्घाटन भोली राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्दै हुनुहुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!