आज टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेल, यूएईविरुद्ध नेपाल भिड्दै

Posted on: 03 Feb, 2019

माघ २०, काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज अन्तिम तथा तेस्रो खेलमा नेपालले घरेलु टोली यूएईको सामना गर्दै छ ।

तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आज यूएईसँग नै प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो ।

युएईकै आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्दै सिरिज जित्ने लक्ष्यमा छ । यूएईले पहिलो खेल जितेको हुँदा आज नेपाललाई पराजित गर्दै सिरिज जित्ने दाउँमा छ । नेपाल र यूएईबीचको खेल नेपाली समय अनुसार आज दिउँसो २ बजेर ४५ बजे सुरु हुनेछ । यो सिरिजको पहिलो खेल जित्न सफल भएको युएईले नेपाललाई १५४ रनको लक्ष्य दिएको थियो तर नेपालले १३२ रनभन्दा लिन नसक्दा हार्न पुगेको थियो, त्यस्तै दोश्रो खेलमा आफ्नो खेलको लयलाई फर्काउँदै युएईले दिएको १०८ रनको लक्ष्यलाई नेपालले अन्तिम ३ बल बाँकी छँदा पुरा गर्दै खेल जितेको थियो । 


यसअघि सम्पन्न तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा पनि नेपालले यूएईलाई २–१ ले पराजित गरेको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको बिजेता बनेको नेपाललाई त्यतिबेला पनि युएईले पहिलो खेलमा पराजित गरेको थियो तर पछिका २ खेल भने नेपालले जितेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!