गण्डकीलाई जित्दै ऐतिहासिक उपलब्धि हात पार्ने दाउमा नमूनादीप

Posted on: 08 Feb, 2019


रामेछाप : सदरमुकाम मन्थलीमा चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशलाई हराउँदै नमूना दीप युवा क्लब ,रामेछाप ऐतिहासिक उपलब्धि हात पार्ने दाउमा रहेको छ । शुक्रबार भएको सेमिफाइनलमा दुवै टिमले जित निकाल्दै फाइनलमा प्रवेश गरेका हुन् ।



सेमिफाइनलको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई २५–२१, २५–९ र २५–२० को (३-०) सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश फाइनल प्रवेश गरेको हो ।

 

दोस्रो सेमिफाइनल खेलमा नमूना दीप युवा क्लब, सैपु रामेछापले शान्तिदीप युवा क्लब मन्थलीलाई २५–१८, २१–२५, २६–२४ र २५–१३ (३–१ को सेट) को अन्तरमा पराजित गर्दै नमूना दीप फाइनल पुगेको हो। यो सँगै शनिबार फाइनलमा गण्डकी प्रदेश र नमूनादीपबीच उपाधिका लागी प्रतिष्पर्धा हुने छ ।


प्रतियोगितामा तेस्रो स्थानमा लागि प्रदेश नम्बर १ र शान्ति दीप युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतियोगितामा प्रदेश १,,, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम र रामेछाप जिल्लाका स्थानीय क्लब शान्तिदिप यूवा क्लब, नमूना दीप यूवा क्लब र प्याराडाइज युथ क्लबले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कडेरियाले जानकारी दिए।

 


आयोजक जिल्ला खेलकुद विकास समिति रामेछाप रहेको रामेछाप सिभिल च्याम्पियनसिपमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टीमले शिल्डसहित क्रमश : तीन लाख, दुई लाख, एक लाख र ५० हजार प्राप्त गर्ने छन्।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार पाउने छन् । व्यक्तिगत विधातर्फ सर्बर, ब्लकर, स्पाइकर, डिफेन्डर, सेटर र प्रशिक्षकले १०/१० हजार नगद पाउने छन् । अघिल्लो संस्करणमा सुदूरपश्चिमले उपाधि हात पारेको थियो ।


तस्बिर सौजन्य/निरोज पौडेल

यस बिषयमा तपाइको प्रतिक्रिया...!