फुटबल प्रतियोगिता हुने

Posted on: 06 Mar, 2019

फागुन २२, कैलाली । नगर क्षेत्रलाई खेलकूदको नमूना बनाउने उद्देश्यका साथ गौरीगङ्गा नगरपालिकामा यही फागुन २५ देखी चैत ४ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको छ । 

गौरीगङ्गा–११ स्पोर्ट्स क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो । युवालाई खेलकूदमा लाग्न अभिप्रेरित गर्नुका साथै फुटबल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिनुभयो । 

झण्डै १५ टिमको सहभागिता रहने सो प्रतियागिताको विजेता टिमले ट्रफिसहित रु तीन लाख र उपविजेता टिमले रु एक लाख ५० हजार प्राप्त गर्ने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले रु ३० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक खेलाडीले रु १०÷१० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको ‘म्यान अफ द म्याच’ पुरस्कार रु दुई हजार पाँच सय तोकिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!