धुर्मुस-सुन्तली फाउन्डेसनले बनाउने रङ्गशालाका लागि सत्य-स्वरुपद्वारा गीत उपहार

Posted on: 06 Mar, 2019

फागुन २२, काठमाडौँ | धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ स्थित रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा सुप्रसिद्ध गायक द्धय सत्य स्वरुप राज आचार्य जोडिएका छन् । 

बुधबार फाउण्डेशनले बनाउने रङ्गशालाका लागि गीत उपहार दिँदै अभियानमा जोडिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।


सत्य स्वरुपले धुर्मुस सुन्तली फाउण्डेशनको परियोजनाका लागि क्रिकेट सम्बन्धि गीत उपहार दिएका हुन् । ‘युद्धको मैदान’ बोलको उक्त गीतलाई सत्य स्वरुपले आफैले संगीत दिएका हुन् भने शब्द पनि आफैले लेखेका हुन् । धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको उक्त गीतमा बन्न लागेको क्रिकेट रङ्गशालाका दृश्यहरु समावेश गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!