पाकिस्तानमा पिएसएल खेलेर सन्दीप आज स्वदेश फर्कँदै

Posted on: 12 Mar, 2019

फागुन २८, काठमाडौँ (रासस) | राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् । 

राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज दिउँसो ३:३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिनुभयो । 

सन्दीपले उक्त प्रतियोगितामा सात खेल खेल्दै ११ विकेट लिएका थिए । सन्दीपको टोली लाहोरले प्रतियोगिताको १० खेलमा ६ अङ्क जोडेको थियो । उनको टोली प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!