क्रिकेट खेल्न सोमपाल अमेरिका नजाने, यी तीन खेलाडीले भिषा नै पाएनन्

Posted on: 13 Mar, 2019

फागुन २९, काठमाडौं । अमेरिकामा हुने टू एक्स क्रिकेट कपमा खेल्न कुनै पनि नेपाली खेलाडी नजाने भएका छन् । 


नेपालका तर्फबाट चार जना खेलाडीले निम्तो पाएका थिए । तर, तीन खेलाडीले भिषा पाउन सकेनन् । सोमपाल कामीलाई भिषा दिइएको भएपनि प्राविधिक कारणले गर्दा उनको अमेरिका भ्रमण रद्द भएको हो । 

यसअघि करण केसी, दीपेन्द्र सिंह ऐरी र ललित नारायण राजवंशीलाई पनि बोलाइएको भए पनि उनीहरुले अमेरिका प्रवेशाज्ञा नै पाउन सकेनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!