तेस्रो पाँचथर गोल्डकपको तयारी तिब्र रुपमा

Posted on: 24 Mar, 2019


कमल घिमिरे।चैत्र१०।पाँचथर,पाँचथरको फिदिममा आगामी चैत्र २३ देखी बैशाख २ गते सम्म हुने तेस्रो पाँचथर गोेल्डकपको तयारी तिब्र रुपमा भइरहेको छ ।

 आइतबार फिदिममा पत्रकार सम्मेलन गर्दै तयारी तिब्र रुपमा भइरहेको आयोजक पाँचथर क्लवले जनाएको छ । आयोजकका अनुसार यो संस्करणमा २ वटा विभागीय टिम सहित १० टिमको सहभागिता हुनेछ । हिमालयन शेर्पा क्लव काठमाण्डौ, दार्जिलिङ युनाइटेड भारत, न्यु स्टार क्लव सुनसरी, डि.एफ.सी. मोरङ, विर्तामोड युनाइटेड झापा, रेडहर्स इलाम, विजय युथ क्लव हेटौडा,जावलाखेल युथ क्लव ललितपुर,आयोजक पाँचथर क्लव र मिसन युनाइटेड ताप्लेजुङको सहभागी रहने आयोजकले जनाएको छ । 

फिदिम मा.वि.को खेल मैदानमा हुने प्रतियोगीताका विजेताले नगद ४ लाख र उपविजेताले नगद २ लाख पाउनेछ भने प्रत्येक दिनका उत्कृष्ट खेलाडीले नगद ५ हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद १० हजारका दरले पुरस्कार दिने आयोजकले जनाएको छ । आयोजकले यो वर्ष विदेशी खेलाडीलाई नखेलाउने भएको छ । प्रतियोगितामा भाग लिन जिल्लाका उत्कृष्ट टिमबाट छानिएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिएको आयोजकले जनाएको छ । 

वाइवाइ तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगीताको कुल लागत ४३ लाख रुपैँया अनुमान गरिएको आयोजकले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!