IPL क्रिकेट: दिल्लीद्वारा चेन्नई सामु १४८ रनको लक्ष्य प्रस्तुत, सन्दीप खेल्दैछन् कि छैनन् ?

Posted on: 26 Mar, 2019

चैत १२, काठमाडौँ | इंडियन प्रीमियर लीग (आईपीएल) को १२ औं संस्करण अन्तर्गत ५ औं खेलमा फिरोजशाह कोटला स्टेडियममा दिल्ली क्यापिटल र चेन्नई सुपरकिंग्सबीच खेल हुँदैछ । 

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले चेन्नई सुपर किंग्सलाई ६ विकेट गुमाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

खेलमा दिल्लीका ओपनर पृथ्वी सावले १६ बलमा २४ रन जोडे भने अर्का ओपनर शिखर धावनले ४७ बलमा ५१ रङ जोडे । त्यस्तै रिसव पन्तले १३ बलमै २५ रन जोडे भने श्रेयस ऐयरले २० बलमा १८ रन जोडे । त्यस्तै कोलिन इनग्रामले २ रन र नटआउट रही अक्षर पटेल र राहुल टेवतियाले क्रमश ९ र ११ रन जोडे । यसरी ६ विकेटको क्षतिमा दिल्लीले १४७ रनको स्कोर जोड्यो ।  


दिल्लीबिरुद्ध फिल्डीङको क्रममा चेन्नईका द्वाने ब्रावोले ३ विकेट लिन सफल भए । त्यस्तै दिपक चाहर, रविन्द्र जाडेजा र इमरान ताहिरले १/१ विकेट लिए । 

दिल्लीको तर्फबाट यस पटकको आइपीएलमा सन्दिप लामिछानेले पनि खेल्दैछन् तर आजको खेलमा सन्दिप प्ले ११ मा परेका छैनन् । 

को-को छन् त आज दिल्ली क्यापिटल र चेन्नई सुपर किंग्सको प्ले ११ मा रहेका खेलाडीहरु ? 

दिल्ली क्यापटल - PLAYING XI

१. Prithvi SHAW

२. Shikhar DHAWAN

३. Shreyas IYER (CAPTAIN)

४. Colin INGRAM

५. Rishabh PANT (WICKET KEEPER)

६. Keemo PAUL

७. Axar PATEL

८. Rahul TEWATIA

९. Kagiso RABADA

१०. Amit MISHRA

११. Ishant SHARMA


चेन्नई सुपरकिंग्स - PLAYING XI

१. Ambati RAYUDU

२. Shane WATSON

३. Suresh RAINA

४. MS DHONI (CAPTAIN/ WICKET KEEPER)

५. Kedar JADHAV

६. Ravindra JADEJA

७. Dwayne BRAVO

८. Deepak CHAHAR

९. ShardulTHAKUR

१०. Harbhajan SINGH

११. ImranTAHIR


यस बिषयमा तपाइको प्रतिक्रिया...!