आईपीएलमा रसेलको दवदवा: कोलकाताले लगातार दोश्रो खेल जित्यो, पंजाव २८ रनले पराजित

Posted on: 28 Mar, 2019

चैत १३ काठमाडौँ | आईपीएलको छैटौं खेल अन्तर्गत ईडन गार्डन्समा भएको  खेलमा कोलकाता नाइटराइडर्सले किंग्स इलेवन पन्जाबलाई २८ रनले पराजित गरेको छ । कोलकाताबाट २१९ रन को लक्ष्य पछ्याएको पंजाबको टिमले २० ओभरमा चार विकेटको क्षतिमा १९० रन मात्र बनाउन सक्यो । 


कोलकाताको लागि बुधबारको लगातार दोश्रो जीत हो । यस अघि उसले सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो । कोलकाताको लागि रबिन उथप्पाले ६७, नीतीश राणाले ६३ र आन्द्रे रसेलले ४८ रनको महत्वपूर्ण पारी खेले । उता, पंजाबका डेविड मिलरले ५९ र मयंक अग्रवालले ५८ रन बनाएका थिए ।


पन्जाबको मिलरले मयंक अग्रवालसँग चौथो विकेटको लागि ७४ रनको साझेदारी गरेका थिए । उनले मंदीप सिंह (३३ रन) को साथ पाँचौं विकेटको लागि नटआउट रही ५६ रनको पनि साझेदारी गरे, तार टीमको जित भने दिलाउन सकेनन । कोलकाताको लागि रसेलले तीन ओभरमा २१ रन दिएर दुई विकेट लिए । यस जितको साथ कोलकाताको टिम दुई जीतसंगै अंक तालिकामा पहिलो स्थानमा पुगेको छ । रसेलले लगातार दोश्रो म्याचमा पनि म्यान अफ द म्याच अवार्ड पाउन सफल भए ।

म्याचको टर्निंग प्वाइंट


कोलकाताको पारीमा आन्द्रे रसेलले मात्र ३ रनको निजी स्कोरमा खेल्दै थिए । तव १७ औं ओभरको अन्तिम बलमा शमीले रसेललाई बोल्ड गरिदिए । रसेल पवेलियन फर्कदै थिए, तर अम्पायरले नो-बलको संकेत गरिदिएर रसेल आउट नभएको घोषणा गरे । कारण थियो , ३० गजको रेखाभीत्र कम्तिमा चार जना फिल्डर हुनुपर्ने थियो, तर त्यतिबेला पन्जाबका तीन जना मात्र खेलाडी उक्त रेखा भीत्र थिए । रसेलले यसै जीवनदानको पछी ४५ रन थप जोडिदिए ।

रसेलले १७ बलमै ४८ रन बनाईदीए, पाँच छक्का पनि प्रहार गरे । यसरी कोलकाताले खेलमा महत्वपूर्ण स्कोर जोड्न सफल भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!