अहिले कोलकत्ता विरुद्धको खेलमा सन्दीप लामिछाने पनि खेल्दै

Posted on: 30 Mar, 2019

चैत १६, काठमाडौं । ईन्डियन प्रिमियर लिग (IPL) सिजन १२ अन्तर्गतको खेलमा पहिलो पटक नेपाली खेलाडी सन्दिप लामिछानेले समेत खेल्दै छन् । सन्दिप आवद्द दिल्ली क्यापिटल्सले आज आफ्नो तेस्रो खेल दिनेश कात्र्तिक नेतृत्वको कोलकत्ता नाइटराइडर विरुद्ध खेल्दैछ ।

यो सिजनको सबैभन्दा बलियो देखिएको कोलकत्तासँगको खेलमा सन्दीपलाई समेत उतारिएको छ । 

यस अघिको खेलमै सन्दिपको माग गरिएको थियो । क्रिकेट प्रेमीहरुले अघिल्लो खेलमा दिल्लीको फिल्डीङमा सन्दिपको अभाव भएको भन्दै आलोचना गरेका थिए । विश्वभरिकै अधिकांश लिगहरुमा राम्रो प्रदर्शन गरेको हुनाले सन्दिपको माग दिल्लीका समर्थकहरुले गरेका हुन् । 

उनी लेग स्पिनर खेलडी हुन् । अघिल्लो दुइ वटै म्याच खेल्न नपाएका सन्दिपले आज खेल्न पाएपछि नेपाली समर्थकहरु निकै हौसिएका छन् । अहिले सुरु भईसकेको खेलमा सन्दिपको टोली दिल्लीले टस जितेर पहिले फिल्डीङ गरिरहेको छ । 

दिल्लीको प्ले ११ मा को-को ? 

Prithvi Shaw

Shikhar Dhawan

Shreyas Iyer (C)

Rishabh Pant (W)

Colin Ingram

Hanuma Vihari

Chris Morris

Amit Mishra

Sandeep Lamichhane

Kagiso Rabada

Harshal Patel 

कोलकाताको प्ले ११ मा को-को ? 

Chris Lynn

Nitish Rana

Robin Uthappa

Nikhil Naik

Dinesh Karthik (C) (W)

Shubman Gill

Andre Russell

Piyush Chawla

Kuldeep Yadav

Prasidh Krishna

Lockie Ferguson

यस बिषयमा तपाइको प्रतिक्रिया...!