सन्दिप लामिछाने IPL खेल्दै: २ ओभरमा १ विकेट लिए, ७ रन मात्र दिए

Posted on: 30 Mar, 2019

चैत १६, काठमाडौँ | ईन्डियन प्रिमियर लिग (IPL) सिजन १२ अन्तर्गतको खेलमा पहिलो पटक खेलेका नेपाली खेलाडी सन्दिप लामिछानेले उत्कृष्ट पर्दर्शन गर्दैछन् । खेलको दोश्रो ओभरमा बलिङ गरेका सन्दिपले आफ्नो पहिलो ओभरको खेलमा जम्मा १ रन मात्र दिए भने दोश्रो ओभरको खेलमा  छन् । उनले खेलको दोश्रो ओभरको खेलमा ५ बल डट खेल्दै अन्तिम १ बलमा १ रन दिए भने आफ्नो दोश्रो ओभरमा १ विकेट लिँदै ६ रन दिए । उनको खेललाई लिएर निकै प्रशंशा गरिएको छ । 

सन्दिप आवद्द दिल्ली क्यापिटल्सले आज आफ्नो तेस्रो खेल दिनेश कात्र्तिक नेतृत्वको कोलकत्ता नाइटराइडर विरुद्ध खेल्दैछ ।

यस अघिको खेलमै सन्दिपको माग गरिएको थियो । क्रिकेट प्रेमीहरुले अघिल्लो खेलमा दिल्लीको फिल्डीङमा सन्दिपको अभाव भएको भन्दै आलोचना गरेका थिए । विश्वभरिकै अधिकांश लिगहरुमा राम्रो प्रदर्शन गरेको हुनाले सन्दिपको माग दिल्लीका समर्थकहरुले गरेका हुन् । 


उनी लेग स्पिनर खेलडी हुन् । अघिल्लो दुइ वटै म्याच खेल्न नपाएका सन्दिपले आज खेल्न पाएपछि नेपाली समर्थकहरु निकै हौसिएका छन् । अहिले सुरु भईसकेको खेलमा सन्दिपको टोली दिल्लीले टस जितेर पहिले फिल्डीङ गरिरहेको छ । पाँचौ ओभरको खेलसम्म कोलकाताले १ विकेटको क्षेतीमा ३० रन जम्मा गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!