सन्दिप लामिछानेले चारै ओभर खेले: अन्तिम ओभर सबैभन्दा महँगो

Posted on: 30 Mar, 2019

चैत १६, काठमाडौँ | ईन्डियन प्रिमियर लिग (IPL) सिजन १२ अन्तर्गतको खेलमा पहिलो पटक खेलेका नेपाली खेलाडी सन्दिप लामिछानेले आजको खेलमा चारै ओभर खेल्दै १ विकेट लिए भने अर्को १ वीकेटको लागि महत्वपूर्ण सहयोग गरे ।

सन्दिप लामिछानेले ४ ओभरको खेलमा २९ रन दिएर इकोनोमी रेट ७.२५ प्राप्त गरे । ३ ओभरमा उत्कृष्ट बलिङ गरेका सन्दिप लामिछानेले आफ्नो चौथो तथा अन्तिम ओभरको खेलमा कोलकाताका माहिर ब्याट्सम्यान आन्द्रे रसेलसँगको निकै महँगो खेल खेले ।

कोलकातालाई कुल २९ रन मात्र दिएका सन्दिपले आफ्नो अन्तिम ओभरको खेलमा १७ रन दिए । जसमा कोलकाताका दिनेश कार्तिकलाई ५ रन र आन्द्रे रसेललाई २ छक्का हान्ने अवसर दिए । 


यसका बाबजुत खेलको चौथो ओभरको खेल चल्दै गर्दा सन्दिपले IPL सिजन १२ को आफ्नो पहिलो विकेट लिए । उनले कोलकाताका निखिल नायकको विकेट लिएका थिए । त्यसपछि खेलको ११ औं ओभर चल्दै गर्दा सन्दिप लामिछानेको बलिङमा सुभमान गील रन आउट भए । जसमा बाउन्ड्रीलाइन पुग्नै लागेको बललाई नियन्त्रणमा लिएर फिर्ता आएको बललाई सन्दिप लामिछानेले रन आउट गरिदिएका थिए । 

सन्दिपको ४ ओभर

दोश्रो ओभर (१ रन) : 0-0-0-0-0-1

चौथो ओभर (६ रन) : 1-0-0-w-4-1

दशौँ ओभर (५ रन) : 2w-1-0-1-1-0

बाह्रौँ ओभर (१७ रन) : 0-0-4-1-6-6

सन्दिप आवद्द दिल्ली क्यापिटल्सले आज आफ्नो तेस्रो खेल दिनेश कात्र्तिक नेतृत्वको कोलकत्ता नाइटराइडर विरुद्ध खेल्दैछ ।

यस अघिको खेलमै सन्दिपको माग गरिएको थियो । क्रिकेट प्रेमीहरुले अघिल्लो खेलमा दिल्लीको फिल्डीङमा सन्दिपको अभाव भएको भन्दै आलोचना गरेका थिए । विश्वभरिकै अधिकांश लिगहरुमा राम्रो प्रदर्शन गरेको हुनाले सन्दिपको माग दिल्लीका समर्थकहरुले गरेका हुन् । 

उनी लेग स्पिनर खेलडी हुन् । अघिल्लो दुइ वटै म्याच खेल्न नपाएका सन्दिपले आज खेल्न पाएपछि नेपाली समर्थकहरु निकै हौसिएका छन् । अहिले सन्दिपको टोली दिल्लीले टस जितेर पहिले फिल्डीङ गरिरहेको छ । १७ औं ओभरको खेलसम्ममा कोलकाताले ५ विकेटको क्षेतीमा १४५ रन जम्मा गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!