दिल्लीलाई कोलकाताले दियो १८६ रनको लक्ष्य

Posted on: 30 Mar, 2019

चैत १६, काठमाडौँ | आईपीएलको १० औं म्याच अन्तर्गत फिरोजशाह कोटला स्टेडियममा कोलकाता नाइटराइडर्सले दिल्ली क्यापिटल्सलाई १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कोलकाताले २० ओभरमा आठ विकेट गुमाएर १८५ रन बनाएको हो । जसको लागि कोलकाताका आन्द्रे रसेलले २८ बलमा ६२ रनको फराकिलो रन बनाउन सफल भए । त्यस्तै, कप्तान दिनेश कार्तिकले ३६ बलमा ५० रनको पारी खेले । दुवैले छैटौं विकेटको लागि ९५ रनको साझेदारी गरे ।

यस अघि कोलकाताको पहिलो झटका निखिल नाएकको रूपमा गुम्यो । उनलाई संदीप लमिछानेले सात रनको निजी स्कोरमा आउट गरे । हर्षल पटेलले कोलकाताको दोश्रो विकेट लिए । उनले रबिन उथप्पा (११ रन) लाई आउट गरे । कगिसो रबाडाले क्रिस लिनलाई (२० रन) को स्कोर जम्मा गर्दा आउट गरिदिए । हर्षलले नीतीश राणालाई एक रनमै आउट गरिदिए । शुभमन गिल पाँचौं विकेटको रुपमा पवेलियन फर्किए । उनलाई ४ रनमा हर्षल पटेलले आउट गरेका थिए ।


दिल्लीले आजको खेलमा गर्यो चार परिवर्तन 

दिल्लीले आफ्नो टिममा आज चार परिवर्तन गर्यो । उसले हनुमा विहारी, हर्षल पटेल, क्रिस मोरिस र संदीप लमिछानेलाई आजको खेलमा अवसर दिएको थियो । त्यस्तै, कोलकाताले घाइते सुनील नरेनको स्थानमा निखिल नाइकलाई टीममा लिएको थियो । कोलकाताको टीमले शुरुवाती दुवै म्याच जितेर अंक तालिकामा सबैभन्दा माथिल्लो स्थानमा रहेको छ । त्यस्तै, दिल्लीको टीम एक जीत र एक हारको साथ तेश्रो स्थानमा छ ।

दिल्लीले पहिलो खेलमा मुम्बईलाई पराजित गरेको थियो । जबकि, दोश्रो खेलमा उसलाई चेन्नईले पराजित गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!