IPL - सन्दिपको टिम १६७ रनको लक्ष्य पछ्याउदै, सन्दिप र क्रिसले क्रमश २ र ३ विकेट लिए

Posted on: 01 Apr, 2019

चैत १९, काठमाडौँ |आईपीएल १२ को १३ औं खेलमा किंग्स इलाभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई १६७ रनको लक्ष्य प्रस्तु गरेको छ । पन्जाबले २० ओभरको खेलमा ९ विकेट गुमाई १६६ रन बनायो । उसको लागि डेविड मिलरले ४३ र सरफराज खानले ३९ रन बनाए । दुवै जनाले चौथो विकेटको लागि ६२ रनको साझेदारी गरे । मन्दीप सिंह २९ रन बनाएर नट आउट रहे । उनले आफ्नो पारीमा दुई चौका र एक छक्का प्रहार गरे ।


पन्जाबका स्याम करनले २०, लोकेश राहुलले १५, मयंक अग्रवालले ६, हार्डुस विलजोएनले १ , रविचंद्रन अश्विनले ३, मुरुगन अश्विनले १ र मोहम्मद शमीले एक बिना रन आउट भए । दिल्लीको लागि  क्रिस मरिसले ३, सन्दीप लामिछाने र कगिसो रबाडाले २/२ विकेट विकेट लिएका थिए ।

आजको खेलमा पन्जाबले क्रिस गेल र एन्ड्रयू टायलाई आजको खेलमा आराम दियो । गेलको स्थानमा स्याम करन र टायको स्थानमा मुजीब उर रहमानलाई खेलाइयो । त्यस्तै, दिल्लीले टीममा एक मात्र बदलाव गर्यो, जसमा अमित मिश्रको स्थानमा आवेश खानलाई टीममा खेलाईएको थियो ।

अहिले दिल्लीले ब्याटिङ गरिरहेको छ । १६७ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले यो समाचार तयार पार्दासम्म २ ओभरको खेलमा १ विकेट गुमाई १६ रन बनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!