भूकम्पको धक्का महसुस

Posted on: 01 Apr, 2019

चैत १८, दैलेख | दैलेख केन्द्रबिन्दु बनाएर सोमबार राति भूकम्पको धक्का महशुस गरिएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार केहीबेर अघि गएको भूकम्प ४.१ रेक्टर स्केल मापन गरिएको छ । 

नेपाली समय अनुसार राति ८ बजेर ४७ मिनेट जादा भूकम्पको धक्का महशुस गरिएको हो । यस अघि मार्च १८ मा मकवानपुर केन्द्रबिन्दु बनाई ४.१ रेक्टरको भूकम्प गएको थियो  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!