सन्दिपको लागि तेश्रो खेल महँगो सावित: हैदरावादद्वारा ५ विकेटले पराजित

Posted on: 05 Apr, 2019

चैत २२, काठमाडौँ | आईपीएलको १६ औं खेल फिरोजशाह कोटला स्टेडियममा भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ५ विकेट ले पराजित गरेको छ । १३० रनको लक्ष्य पछ्याएको हैदराबादले १८.३ ओभरको खेलमा उक्त लक्ष्य हाँशिल गर्दै दिल्लीलाई पराजित गरेको हो । यो संगै हैदरावादको दिल्लीबिरुद्ध लगातार तेश्रो जीत हो । उसले पछिल्लो सीजनमा दिल्लीलाई २ पटक पराजित गरेको थियो । 


हैदराबादको लागि जनी बेयरस्टोले सर्वाधिक ४८ रन बनाएर दिल्लीले दिएको लक्ष्यमा पुग्न निकै महत्वपूर्ण योगदान दिएका थिए । उनले २८ बलको पारीमा चौका र छक्का प्रहार गर्दै दिल्ली बिरुद्ध निकै आकर्षक पारी खेले । उनले डेविड वार्नर (१० रन) सँग पहिलो विकेटको लागि ६४ रनको फराकिलो साझेदारी गरे । मोहम्मद नबी ९ बलमा १७ रन बनाएर नटआउट रहे । विजय शंकरले १६ रनको योगदान दिए । दिल्लीको लागि सन्दीप लामिछाने, अक्षर पटेल, कगिसो रबाडा, राहुल तेवतिया र इशांत शर्माले १/१ विकेट लिन सफल भए ।


त्यस अघि दिल्लीको लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक रन बनाए । दिल्लीले २० ओभरको खेलमा ८ विकेटमा १२९ रन बनाएको थियो । उसको लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ४३ रन बनाए । त्यस्तै अक्षर पटेलले अन्तिम ओभरसम्ममा १३ बलमा २३ रन बनाएर स्कोर केहि पर धकेल्न सफल भए । उनले २ छक्का प्रहार गरे । दिल्लीको विकेट लिने क्रममा हैदराबादको लागि मोहम्मद नबी, कप्तान भुवनेश्वर कुमार र सिद्धार्थ कौलले २/२ विकेट लिए । हैदराबादले टस जितेर फिल्ड रोजेको थियो । दिल्लीको पहिलो विकेट पृथ्वी साको रुपमा गिर्न पुग्यो । उनि ११ रनको निजी स्कोरमा भुवनेश्वर कुमारको बलिङमा बोल्ड हुन पुगे । मोहम्मद नबीले शिखर धवनलाई १२ रन र ऋषभ पन्तलाई ५ रनको स्कोरमै आउट गरेका थिए । त्यस्तै राहुल तेवतियाले ५ रन बनाउदा संदीप शर्माले आउट गरेका थिए । त्यस्तै क्व़ालिन इनग्राम पनि ५ रनको स्कोर मात्र बनाउन सकेर आउट भए । राशिद खानले कप्तान श्रेयस अय्यरलाई आउट गरेका थिए ।


नेपालका सन्दिप लामिछानेका लागि महँगो खेल 

नेपालबाट आइपीएल खेल्दै गरेका सन्दिप लामिछानेको लागि आजको खेल IPL 2019 को तीन खेलकै सबैभन्दा बढी महँगो सावित हुन पुग्यो । उनले आफ्नो ४ ओभरको खेलमा १ विकेट लिएर १० डट बल खेल्दै ३२ रन दिए । जुन यो सिजनको आइपीएलमा सन्दिपको सबैभन्दा महँगो हो ।

उनले यस सिजनमा तीन खेल खेलेका छन् । सन्दिपले आफ्नो पहिलो खेल कोलकाता नाइटराइडर्स बिरुद्ध १ विकेट लिएर १२ डट बल खेल्दै २९ रन दिएको थिए । त्यस्तै दोश्रो किंग्स इलाभेन पन्जाव बिरुद्धको खेलमा २ विकेट लिएर ८ डट बल खेल्दै २७ रन दिएका थिए । 

तुलनात्मक रुपमा सन्दिपको लागि तेश्रो खेल बढी महँगो रह्यो तर पनि सन्दिप आफ्नो पछिल्लो तीनै खेलमा विकेट लिन भने चुकेका छैनन् । यस सिजनको आइपीएलमा सन्दिपले ४ विकेट लिईसकेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!