रसिद र नाबीले गरे कप्तानी परिवर्तनको विरोध

Posted on: 05 Apr, 2019

चैत २२, काठमाडौं । अफगानिस्तानको क्रिकेट टिमको नेतृत्व परिवर्तन गरिएसँगै खेलाडीहरुमा असन्तुष्टि देखिएको छ । टिमका प्रमुख खेलाडीहरु मोहम्मद नाबी र रसिद खानले क्रिकेट बोर्डको निर्णयको खुल्ला आलोचना गरेका छन् ।

बर्खास्त गरिएका कप्तान अफगान असगरको समर्थनमा खुलेका दुवै खेलाडीले विश्वकपको पूर्वसन्ध्यामा कप्तानी परिवर्तन गर्दा अन्योल उत्पन्न भएको बताएका छन् ।

टि्वटरमा नाबीले लेखेका छन्, ‘अफगानको कप्तानीमा टिमले राम्रो गरिरहेको थियो । विश्वकपमा हामीलाई नेतृत्व गर्न उनी सही व्यक्ति थियो । यो निर्णय उचित समयमा भएन ।’

स्मरणीय के छ भने नाबीलाई बिस्तापित गर्दै सन् २०१५ मा अस्गर कप्तान भएका थिए ।

यता टी-२० टिमको नयाँ कप्तान बनाइएका रसिद खानले पनि वान डेको नेतृत्व परिवर्तन गर्न नहुने बताएका छन् । उनले क्रिकेट बोर्डको निर्णय पूर्वाग्रही र गैरजिम्मेवार रहेको समेत आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘छनोट समितिप्रति सम्मान जाहेर गर्दै म यो निर्णयप्रति गम्भीर असहमति प्रकट गर्छु । यो गैर जिम्मेवार र पूर्वाग्रही छ । विश्वकप क्रिकेट हाम्रो अगाडि रहेको अवस्थामा असगर नै कप्तानमा बहाल रहनुपथ्र्यो । उनको कप्तानी टिमको सफलतामा सहायकसिद्ध भइरहेको छ । यतिबेला कप्तानी परिवर्तन गर्दा टिमको मनोबल प्रभावित बन्नेछ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!