IPL क्रिकेट: दिल्ली क्यापिटलद्वारा हैदरावाद ३९ रनले पराजित, प्वाइन्ट टेवलमा दिल्ली दोश्रो

Posted on: 15 Apr, 2019

वैशाख १, काठमाडौँ | आईपीएलको ३० औं खेल हैदरावादस्थित राजीव गान्धी इंटरनेशनल स्टेडियम अन्तर्गत दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच भएको खेलमा दिल्लीले हैदरावादलाई ३९ रनले पराजित गरेको छ । दिल्लीबाट पाएको १५६ रनको लक्ष्य पछ्याएको हैदराबादको टिम १८.५ ओभरमै ११६ रन मात्र बनाउँदा अल आउट हुन पुग्यो । यो उसको लागि लगातार तेश्रो हार हो । त्यस्तै, दिल्लीको टीमले सनराइजर्सबिरुद्ध २ बर्ष पछी जीत हात पारेको छ । दिल्ल्लीले यस अघि २०१७ को आईपीएलमा हैदरावादलाई पराजित गरेको थियो । हैदरावादसँगको खेलमा २०१७ पछि लगातार तीन पटकसम्म दिल्लीले हैदरावादसँग हार व्यहोरेको थियो । 


हैदराबादको लागि डेविड वार्नरले सबैभन्दा बढी ५१ रन बनाए । उनले ४७ बलको पारीमा तीन चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै जोनी बेयरस्टोले ४१ रनको पारी खेल्दै दोश्रो विक्केटको लागि ७२ रनको साझेदारी खेले । यी दुईका अलावा हैदरावादका टीमका अन्य कुनै पनि ब्याट्सम्यानले ७ रन भन्दा बढीको रन बनाउन सकेनन् । दिल्लीको लागि कगीसो रबाडाले चार विकेट लिए । त्यस्तै क्रिस मरिस र कीमो पललाई तीन-तीन सफलता मिल्यो । 


रबाडाको तेश्रो ओभरले दिल्लीको खेल घुम्यो 


एक समय यस्तो थियो कि वार्नर एक्लैले खेल जिताउनेछन् । कगिसो रबाडाले आफ्नो तेश्रो ओभरको खेलमा म्याचलाई बदलिदिए । उनले ओभरको तेश्रो बलमा वार्नरलाई कप्तान श्रेयस अय्यरको हातबाट क्याच गराए । त्यसपछि विजय शंकरलाई रिशभ पन्तको हातबाट क्याच गराए । यी दुई ब्याट्सम्यान आउट भएपछि हैदराबादको पारीमा भूकम्प पैदा भएको थियो ।

दिल्लीको लागि श्रेयस अय्यरको रन स्कोर महत्वपूर्ण 


टस जितेर पहिले फिल्ड रोजेको हैदरावाद विरुद्ध ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाई १५५ रन बनाएको थियो । टीमको लागि कप्तान श्रेयस अय्यरले ४५ र कलिन मुनरोले ४० रन बनाए । हैदराबादको लागि खलील अहमदले तीन र भुवनेश्वर कुमारले दुई/दुई विकेट लिएका थिए ।

हैदरावादको लागि खलील अहमदको खेल 


दिल्लीको पहिलो झटका पृथ्वी शा (४ रन) को रुपमा गुम्यो । उनि आउट भएपछि शिखर धवन (७ रन) मात्र बनाएको आउट भए । दुवै ओपनरलाई खलीलले आउट गरेका थिए । अभिषेक शर्माले मुनरोलाई आउट गरेर दिल्लीलाई तेश्रो झट्का दिए । मुनरोले आउट हुनुअघि कप्तान अय्यरसँग तेश्रो विकेटको लागि ४९ रनको साझेदारी खेलेका थिए । अय्यरको विकेट भुवनेश्वरले लिए । ऋषभ पंत (२३ रन) बनाउँदा खलीलकै कारण पवेलियन फिर्ता भए । पन्तले कप्तान अय्यरसँग मिलेर चौथो विकेटको लागि ५६ रनको साझेदारी खेले ।

त्यस्तै क्रिस मरिस (४ रन) लाई राशिद खानले बोल्ड गरिदिए । त्यसपछ भुवनेश्वरले कीमो पललाई (७ रन) को स्कोर बनाउँदा आउट गरे । यसरी हैदरावादले २० ओभरको पुरा खेलमा ७ विकेट लिएर दिल्लीलाई १५५ रन मात्र बनाउन दिएको थियो । तर १५६ रन पछ्याएको हैदरावादले उक्त लक्ष्य पुरा गर्न नसक्दा हार व्यहोर्न पुग्यो । 


आइपीएल - ३० औं खेलसम्मको तालिका  

खेल जितेसँगै यस पटकको IPL मा ३० औं खेल हुँदासम्म दिल्ली दोश्रो स्थानमा उक्लिएको छ । दिल्लीले ८ खेलमा ५ खेल जितेर १० अंक प्राप्त गरेको छ भने सबैभन्दा माथिल्लो स्थानमा रहेको चेन्नई सुपर किंग्स सबैभन्दा माथिल्लो स्थानमा छ । चेन्नईले आफ्नो ८ खेल मध्ये १ खेलमा मात्र पराजय भोगेर १४ प्वाइन्ट प्राप्त गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!