IPL क्रिकेट: कोलकाताद्वारा लगातार ५ पटक हारेको ब्यांग्लोरले जित्यो, कोहलीको शतक

Posted on: 20 Apr, 2019

वैशाख ७, काठमाडौँ | आईपीएलको ३५ औं खेल अन्तर्गत शुक्रवार राति ईडन गार्डन्स मा रोयल च्यालेन्जर्स ब्यांग्लोरले कोलकाता नाइटराइडर्सलाई २१४ रन का लक्ष्य दियो । तर उक्त रनको लक्ष्य कोलकाताले पुरा गर्न नसक्दा ब्यांग्लोर बिजयी बनेको छ । ब्यांग्लोरको लागि आइपीएलमा ९ खेल मध्ये दोश्रो जितसँगै कोलकातासँग आइपीएलको लगातारको ५ हार पछिको महत्वपूर्ण जित पनि बनेको छ । 


खेलमा पहिले टस जितेर फिल्ड रोजेको कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ४ विकेट लिएर २१४ रन बनाउन दियो । खेलमा ब्यांग्लोरको लागि कप्तान बिराट कोहलीले १०० रन जोडे । बिराटले ५८ बलमा ४ छक्का र ९ चौका प्रहार गरेका थिए । त्यस्तै मोइन अलिले २८ बलमै ६६ रनको फराकिलो स्कोर बनाए । पार्थिव पटेलले ११ बलमा ११ रन, अक्षेदिप नाथले १३ रन र मार्कस स्टोइन्सले नटआउट रही ८ बलमा १७ रन जोडे । ब्यांग्लोरको ४ विकेट लिने क्रममा कोलकाताका हरी गुर्नी, सुनिल नारिने, आन्द्रे रशेल र कुलदिप यादवले १/१ विकेट लिए । 


ब्यांग्लोरका कप्तान बिराट कोहलीको सतकीय पारी र अन्य ब्याट्सम्यानको महत्वपूर्ण स्कोरबाट जोडिएको २१३ रनसँगै कुल २१४ रन बनाउने बिजयी लक्ष्य लिएको कोलकाताको लागि क्रिस लिनले १ रन, सुनिल नारिनेले १८ रन, शुभमान गीलले ९ रन, रोविन उथाप्पाले ९ रन र आन्द्रे रसेलले ६५ रन जोडे । रशेलले २५ बलमै ६५ रन जोड्न सफल भए भने नितिश रानाले ४६ बलमा ८५ रन जोडे । पछिल्ला ब्याट्सम्यानको महत्वपूर्ण पारीका वावजुत कोलकाताले पुरा २० ओभरमा ५ विकेट गुमाई २०३ रन मात्र जोड्यो । कोलकातालाई बिजयी लक्ष्यमा पुग्न रोक्ने क्रममा ब्यांग्लोरका डाले स्टेनले २ विकेट लिए भने नवदीप साइनि र मार्कस स्टोनिसले १/१ विकेट लिन सफल भए  । 


३५ औं खेलसम्मको अंकतालिका तल हेर्न सक्नुहुन्छ 



यस बिषयमा तपाइको प्रतिक्रिया...!