वलिगाउ, जुपु, मंगलसेन र कमलबजार सेमिफाईनलमा प्रबेश

Posted on: 22 Apr, 2019

कमल रावल, बैशाख ९, अछाम । कमलबजारमा जारी जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा सेमिफाईनलमा पुग्ने ४ टिमको टुगो लागेको छ ।

आज भएका क्वाटरफाईनल खेलमा टँक स्मृति युवा क्लब जुपु, मंगला बिकास क्लब वलिगाउ, आयोजक न्यु मनकामना बोडिग स्कुल कमलबजार र मंगलसेन क्रिकेट क्लब मंगलसेन सेमिफाईनल प्रबशे गरेका हुन ।

सेमिफाईनलमा पहीलो खेलमा भोलि बिहान ८ बजे टँक स्मृति युवा क्लब जुपु र मंगलसेन क्रिकेट क्लब मंगलसेन तथा बिहान १० दोस्रो सेमिफाईनल खेलमा मंगला बिकास क्लब वलिगाउ र आयोजक न्यु मनकामना बोडिग स्कुल कमलबजार भिडने आयोजक कमिटीका धिरज रावतले जानकारी दिनु भयो । प्रतियोगिताको फाईनल सहीत समापन समेत भोलि नै गरिने छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!