जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि मँगलसैनलाई

Posted on: 23 Apr, 2019

कमल रावल । बैशाख १०, अछाम । कमलबजारमा सम्पन्न जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि मँगलसेन क्रिकेट क्लबले हात पारेको छ । आज भएको फाईनल खेलमा मँगला बिकास क्लब वलिगाउलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेसगै मगलसेनले नगद ३० हजार सहित कप, मेडल र प्रमाण हात पारेको छ । उपविजेतामा बनेको वलिगाउले नगद १२ हजार सहित, कप, मेडल र प्रमाण पत्रमा चित बुझाएको छ ।


टस जितेर पहिले ब्याटिग गरेको वलिगाउले निर्धारित १२ ओभरमा ६ विकेट गुमाएर ६९ रन बनाएको थियो । जवाफमा मगलसेनले १० ओभरमा ७ विकेट गुमाएर ७० रन बनाउदै जित हासिल गरेको हो । फाईनल खेलमा ३३ रनको उत्कृष्ट ब्याटिंग गरेका मगलसेनका डम्मर बिष्ट म्यान अफ द म्याच घोषित भए भने फाईनलमा ह्याट्रिक सहित उत्कृष्ट बलिग गरेका वलिगाउका मदन विक उत्कृष्ट बलर घोषित भएका छन । नया बर्षको अवसरमा न्यु मनकामना ईगलिस बोडिग स्कुल कमलबजारको आयोजनमा बैशाख ७ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १४ टिमले सहभागिता जनाएका थिए । समापन कार्यक्रममा पुरुस्कार वितरण गर्दै कमलबजार नगरपालिका प्रमुख ओमप्रकाश बिष्टले खेलको क्षेत्रको बिकासका लागि आफ्नो नगरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।


समापन कार्यक्रमका अतिथी नगरउप्रमुख भुमिसरण बजगाई ढकाल, नेपाली काग्रेसका महासमिती सदस्य गणेश बहादुर बिष्ट, दुर्गा प्रसाद बजगाई, कमलबजार नगरपालिका खेलकुद समिती अध्यक्ष धिरज रावत, न्यु मनकामना ईगलिस बोडिग स्कुल कमलबजार ब्याबस्थापक आदित्य भण्डारी, ईलाका प्रहरी कार्यालय कमलबजारका ईञ्चार्ज विरसिंह भुल लगाएतका अतिथीले पुरुस्कार वितरण गर्नु भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!