IPL क्रिकेट: चेन्‍नईद्वारा हैदरावाद ६ विकेटले पराजित (८ टिम कुन-कुन स्थानमा ?)

Posted on: 24 Apr, 2019

वैशाख ११, काठमाडौँ | आइपीएल सिजन १२ को ४१ औं खेलमा चेन्‍नई सुपर किङ्सले हैदरावादलाई ६ विकेटले जित हात पार्दै पुन: अंकतालिकाको शिर्षस्थानमा उक्लिएको छ । 

आईपीएल २०१९ को सिरिजमा निरन्तर एक नम्बरमा रहेको चेन्नई लाईसोमबार दिल्लीले दोस्रो नम्बरमा पारिदिएको थियो । जितसँगै चेन्नईले ११ खेलबाट १६ अंक जोडेको छ । दिल्ली क्यापिटल्सलाई २ अंकले पछि पार्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । 


चेन्नईस्थित चिदामबराम स्टेडियममा मंगलबार भएको खेलमा हैदरावादले दिएको १ सय  ७६ रनको लक्ष्य चेन्नईले १९ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गरेको हो । चेन्नईको जितमा शेन वाट्सनले ९६ रनको योगदान गरे । शतक बनाउन ४ रनले चुकेका वाट्सनले ५३ बलमा ९ चौका र ६ छक्का प्रहार गरे । यस्तै सुरेश रैनाले ३८ रन जोड्दा अम्बाती रायडुले २१ रन बनाए ।

हैदरावादका लागि राशिद खान, भुवनेश्वर कुमार र सन्दीप शर्माले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभर खेल्दै ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । हैदरावादका लागि मनिस पाण्डे र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । पाण्डेले अविजित ८३ रनको योगदान दिए । वार्नर ५७ रनमा आउट भए । विजय शंकरले २६ रन बनाए ।


चेन्नईका हर्बजन सिंहले २ तथा दिपक चाहरले १ विकेट लिएका थिए ।

आइपीएल सिजन १२ को ४१ औं खेलसम्मको अंकतालिका तल हेर्न सक्नुहुनेछ 



यस बिषयमा तपाइको प्रतिक्रिया...!