IPL क्रिकेट: पहिलो पटक RCB सातौँ स्थानमा उक्लियो, पन्जाव पराजित

Posted on: 25 Apr, 2019

वैशाख १२, काठमाडौँ | एबि डिविलियर्सले नटआउट रही ८२ रनको शानदार अर्धशतक र मार्कस स्टोयनिस नट आउट ४६ रनको फराकिलो पारी खेलेपछि रोयल च्यालेन्जर्स ब्यांग्लोरले किंग्स इलाभेन पन्जाबलाई १७ रनले पारजित गरेको छ |

यो जितसँगै आइपीएल सिजन १२ को सबैभन्दा पुछार (८ औं  स्थान) बाट पहिलो पटक ब्यांग्लोर सातौँ स्थानमा उक्लिएको छ | उसले ११ खेलमा ४ खेल जितेर सातौँ स्थानमा उक्लिएको हो | साथै कोहलीको यो टिमले प्लेअफको आशा अझै जीवित राखेको छ |

धमाकेदार शुरुआतपछि पन्जाबले चौथो ओभरको दोश्रो बलमा ठुलो झट्का खायो जसमा क्रिस गेल २३ रन बनाकर आउट भए | उनलाई उमेश यादवले एबी डिविलियर्सको हातबाट बाउन्ड्रीमा क्याच गराए | त्यसपछि ३५ रन बनाउँदा मयंक अग्रवाल पनि आउट भए | खेलको तेश्रो विकेट केएल राहुल ४२ रन बनाएर आउट भए | 


यस अघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको ब्यांग्लोरको टीमले पन्जाबलाई २०३ रनको लक्ष्य दिएको थियो | खेलमा ब्यांग्लोरले पन्जाव बिरुद्ध पुरा २० ओभरको खेल खेल्दै ४ विकेटको क्षेतीमा २०२ को बिशाल स्कोर बनाएको थियो | खेलमा कप्तान विराट कोहलीले भने १३ रन मात्र बनाएर आउट भए | खेलमा ब्यांग्लोरको लागि डेविलियर्स र स्टोयनिसले पाँच विकेटको लागि १२१ रनको अविजित साझेदारी गर्दै पन्जावलाई फराकिलो स्कोर खडा गरिदिएको थियो | 

ब्यांग्लोरले अन्तिम ३ ओभरमा ६४ रन जोडेको थियो | पन्जाबको लागि मोहम्मद शमी, मुरुगन अश्विन, कप्तान रविचंद्रन अश्विन र हार्डस विलजोएनले १/१ विकेट लिएका थिए | 

ब्यांग्लोरको लक्ष्य पछ्याउने क्रममा पन्जावका केएल राहुलले ४२ रन, क्रिस गेलले २३ रन , मयंक अग्रवालले ३५ रन, डेभिड मिलरले २४ रन, निकोलस पूरानले ४६ रन बनाए | बाँकी खेलाडीले ४ रन भन्दा बढी बनाउन सकेनन् | पन्जावको ७ विकेट गिराउने क्रममा ब्यांग्लोरका उमेश यादवले ३ विकेट, नवदीप सैनीले २ विकेट र मार्कस स्टोइन्स र मोईन अलिले १/१ विकेट लिए | 

अंक तालिका हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!