IPL मा दिल्ली क्यापिटलको सबैभन्दा खराव पर्दर्शन: चेन्नईद्वारा ९९ रनमै अलआउट

Posted on: 01 May, 2019

वैशाख १८, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत चेन्‍नई सुपर किङ्सले दिल्ली क्यापिटल्सलाई ८० रनको फराकिलो स्कोरले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै चेन्नईले खडा गरेको १ सय ८० रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटललाई १६.२ ओभरको खेलमा अलआउट गरेर चेन्नईले जम्मा ९९ रन मात्र जोड्न दिएको हो । खेलमा पराजित भएसँगै चेन्नई आइपीएल सिजन १२ को अंक तालिकाको सबैभन्दा शिर्ष स्थानमा उक्लिएको छ ।


खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै चेन्‍नईले चिदामबराम क्रिकेट स्टेडियममा सम्पन्न खेलमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७९ रन बनाउन सफल भएको थियो । चेन्‍नईका लागि सुरेस रैनाले अर्धशतकीय पारी खेले । ३७ बल खेलेका उनले ८ चौका र १ छक्काको सहयोगमा ५९ रनको योगदान गरे । त्यस्तै कप्तान महेन्द सिंह धोनीले ४४ रनको योगदान गर्दा फाप डु प्लेसिसले ३९ तथा रबेन्द जडेजाले २५ रनको योगदान गरे । 

बलिङतर्फ दिल्लीका लागि जगदीश सुचितले दुई विकेट लिए । त्यस्तै किस मोरिस र अक्षर पटेलले समान एक एक विकेट लिए ।


चेन्नईले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटलका पृथ्वी शाले ४ रन, शिखर धावनले १९ रन, श्रेयस ऐएरले ४४ रन, रिशव पन्तले ५ रन, कोलिन इन्ग्रामले १ रन, अक्षेर पटेलले ९ रन, शेरफान रुदफर्डले २ रन, जगदिशा सुचितले ६ रन, अमित मिश्राले ८ रन र ट्रेन्ट बोल्टले १ रन ल्याए । दिल्लीलाई १६.२ ओभरको खेलमै अल आउट गर्ने क्रममा चेन्नईका इमरान ताहिरले ४ विकेट, रविन्द्र जाडेजाले ३ विकेट, दिपक चाहर र हरवजन सिंहले १/१ विकेट लिए ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!