हैदरावादलाई पराजित गर्दै मुम्बई IPL को प्लेअफमा (कुन टिम कुन स्थानमा ?)

Posted on: 03 May, 2019

वैशाख २०, काठमाडौँ | मुम्बईको वानखेडे स्टेडियममा आइपीएल २०१९ को ५१ औं खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । खेलमा दुवै इनीङमा बराबरी रनको स्कोर खेलेपछी खेल सुपरओभरमा गएको थियो जसमा हैदरावादले २ विकेट गुमाई दिएको ९ रनको लक्ष्य ३ बलमै पुरा गर्दै मुम्बईले सुपर ओभरको म्याच जितेको हो । 


सुपरओभरमा हैदरावादका लागि मनिष पाण्डे पहिलो बलमै रन आउट हुन पुगे । दोश्रो बलमा मार्टिन गुप्तिलले १ रन लिए । त्यसपछि तेश्रो बलमा मोहम्मद नविले ६ रन लिए । तर चौथो बलमा नविको विकेट गिर्न पुग्यो र ८ रन मात्र बनाएर हैदरावादले मुम्बईलाई ९ रनको लक्ष्य प्रस्तुत गर्यो । त्यसपछि मुम्बईले ब्याटिङ गर्यो, बलिङमा हैदरावादले राशिद खानलाई उतार्यो । खेलमा मुम्बईको लागि पहिलो बलमै हार्दिक पाण्डेले ६ रन लिए । दोश्रो बलमा हार्दिक पाण्डेले १ रन थपेर स्कोर ७ रन बनाए । त्यसपछि तेश्रो बलमा कायरन पोलार्डले २ रन बनाएर मुम्बईलाई जित दिलाए । आजको  खेल जितेसँगै मुम्बई आईपीएल सिजन १२ को प्लेअफमा पुग्ने तेश्रो टिम बन्न सफल भएको छ । 

यस अघिनै चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल प्लेअफमा पुगीसकेका छन् । 

खेलको दुई इनिङस  

खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाई १६२ रन बनाएको थियो । १६३ रनको लक्ष्य पछ्याउन खेलमा उत्रिएको हैदराबादको टिमले पनि २० ओभरको पुरा खेल खेल्दै ६ विकेटमा १६२ रन नै बनाइडियो । हैदरावादले जितको लागि अन्तिम ओभरमा जीतको लागि १७ रन बनाउनु पर्ने थियो, तर १६ रन मात्र बन्यो । मनीष पाण्डेले अन्तिम बलमा छक्का प्रहार गरि म्याचलाई सुपर ओभरमा बदलेका थिए । उनले हैदरावादको लागि ७१ रन बनाएका थिए । 

स्कोर जानकारी तल लिन सक्नुहुन्छ: 

अंक तालिका (को कुन स्थानमा ?)


यस बिषयमा तपाइको प्रतिक्रिया...!