IPL क्रिकेट: कोलकत्ताद्‍वारा पन्जाब ७ विकेटले पराजित (अंक तालिका सहित)

Posted on: 04 May, 2019

वैशाख २१, काठमाडौं  । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सले किङ्‍स इलेभेन पञ्‍जाबलाई ७ विकेटले पराजित गरेको छ ।


टस हारेर ब्याटिङ गरेको दिएको १८४ रनको लक्ष्य कोलकताले १८ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरको हो । पञ्‍जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।


कोलकत्ताका लागि सुभमन गिलले ६५ रन बनाएका थिए भने क्रिश लीनले ४६ रन बनाएका थिए । आन्द्र रसेल, रोविन उथप्पा र दिनेश कार्तिकले क्रमश २४ २२ र २१ रन बनाएका थिए । 

पञ्जाबका लागि साम कुरानले अविजित ५५ रन बनाएका थिए । निकोलस पोरानले ४८ रन बनाएको ईनिङ्समा मायाङ्का अग्रवालले ३६ रन बनाए । कोलकत्ताका सन्दीप वारियरले सर्वाधिक २ विकेट लिए ।

यसअघि चेन्‍नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र मुम्बई ईन्डियन्स प्लेअफमा पुगिसकेका छन् । 

आइपीएलको हालसम्मको अंक तालिका हेर्न सक्नुहुन्छ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!