सन्दीप लामिछानेको टिम आईपीएलको शीर्ष दुईमा, राजस्थानले प्लेअफको सम्भावना गुमायो

Posted on: 04 May, 2019

वैशाख २१, काठमाडौँ । IPL सिजन १२ को १४ औं खेल खेल्दै सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्स शीर्ष दुईमा पुगेको छ । शनिबार भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै शीर्ष दुईमा स्थान बनाउन सफल भएको हो । 

राजस्थानको घरेलु मैदानमा भएको खेलमा घरेलु टोली राजस्थानले दिएको १ सय १६ रनको लक्ष्य पछउने क्रममा दिल्लीले १६ ओभर १ बलमा लक्ष्य पुरा गर्यो । दिल्लीका लागि रिशव पन्तले अर्धशतकीय पारी खेले । अविजित रहदै ३८ बल खेलेका पन्तले २ चौका र ५ छक्काको सहयोगका ५३ रनको योगदान गरे । त्यस्तै शीखर धावनले १६ तथा श्रेयस ऐरले १५ रन जोड्न सफल भए । 

बलिङतर्फ इश सोधीले सर्वा्धिक तीन तथा श्रेशस गुप्ताले दुई विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो ।  

राजस्थानका लागि रियन प्रागले अर्धशतकीय पारी खेले । ४९ बल खेलका उनले ४ चौका र २ छक्काको सहयोगमा ५० रन पूरा गरेका हुन् । त्यस्तै लिम लिविनस्टोनले १४ रन जोड्दा शेयस गोपालले १२ रन बनाए । बलिङतर्फ दिल्लीका लागि इशान्त शर्मा र अमित मिश्रले समान तीन तीन विकेट लिए । त्यस्ते ट्रेन्ट बोल्टले दुई विकेट लिए । 

आइपीएल अंक तालिका हेर्नुहोस् 



यस बिषयमा तपाइको प्रतिक्रिया...!