पुलिसलाई आर्मीको १२६ रनको लक्ष्य

Posted on: 08 Jun, 2019


काठमाडौँ, २५ जेठ ९(रासस) प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोतामा त्रिभुवन आर्मी क्लबले नेपाल प्रहरी क्लबलाई जितको लागि १२६ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको आर्मी ३३ दशमल तीन ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । आर्मीका लागि सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । चालीस बल प्रहार गरेका  उनले दुई छक्का र तीन चौकाको मद्दतमा ३५ रन बनाएका हुन् ।

त्यस्तै राजु रिजालले ३२, भीम सार्कीले २० तथा रोहित पौडेलले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । आर्मीलाई सहजै समेट्ने क्रममा पुलिसका ललित राजवंशी र पवन शर्राफले समान चार÷चार विकेट लिए भने सागर ढकालले एक विकेट हात पारे । राष्ट्रिय खेलकूद परिषद् ९राखेप० को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालीको सहकार्यमा भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!