विश्वकप क्रिकेटमा आज अफगानिस्तानसंग आयोजक राष्ट्र भिड्दै

Posted on: 18 Jun, 2019

असार ३, काठमाडौँ | विश्वकप क्रिकेटमा आज आयोजक राष्ट्र इंग्ल्यान्ड र अफगानिस्बितान बिच प्रतिस्पर्धा हुने भएको छ | 

म्यान्चेस्टरमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा इंग्ल्यान्डले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड चौथो जितको खोजिमा छ भने अफगानिस्तान पहिलो जित हात पार्ने लक्ष्यमा छ । 

अफगानिस्तानले अहिलेसम्म चार खेल खेलिसक्दा एउटा पनि  जित हात पार्न सकेको छैन । अंकविहीन बनेको अफगानिस्तानलाई ठूलै चूनौती परेको छ |

पहिलो खेलमा अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको अफगानिस्तान दोस्रो खेलमा श्रीलंकासँग ३४ रनले हारेको थियो । त्यस्तै आफ्नो तेस्रो खेलमा न्युजिल्यान्डसँग ७ विकेटले र चौथो खेलमा दक्षिण अफ्रिकासँग ९ विकेटले अफगानिस्तान पराजित भएको थियो ।

इंग्ल्यान्डले भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेकेा थियो । तर आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग १४ रनले हारेको थियो । त्यसपछि बंगलादेशलाई १०६ रनले हराएको इंग्ल्यान्डले आफ्नो चौथो खेलमा वेष्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको थियो ।

इंग्ल्यान्डको तुलनामा अफगानिस्तानको बलिङ उत्कृष्ट भएपनि ब्याटिङ भने खासै राम्रो देखिएको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!