विश्वकप २०१९ मा भारतीय बलर शमीद्वारा पहिलो ह्याट्रिक, अफगानिस्तान ११ रनले पराजित

Posted on: 23 Jun, 2019

असार ८, काठमाडौँ | विश्वकपको २८ औं खेलमा सनिबार भारतले अफगानिस्तानलाई ११ रनले पराजित गरेको छ । भारतले पहिले ब्याटिङ गर्ने निर्णय लिंदै अफगानिस्तानलाई जीतको लागि २२५ रनको लक्ष्य दिएको थियो, तर उक्त लक्ष्य अफगानिस्तानले अन्तिम १ बल बाँकी छंदा २१३ रन मात्र बनाउन सकेर पराजित हुन पुग्यो । 


अन्तिम ओभरमा जीतको लागि अफगानिस्तानलाई १६ रनको आवश्यक थियो, तर ओभरको पहिलो बलमा ४ रन मात्र बन्न सक्यो । अन्तिम ओभरमा मोहम्मद नबी, आफताब आलम र मुतीब उर रहमान लगातार तीन बलमा आउट हुन पुगे । खेलमा शमीले विश्वकप २०१९ को पहिलो ह्याट्रिक गरे । यस अघि भारतका चेतन शर्माले 1987 मा न्यूजील्याण्ड बिरुद्ध खेल्दा पहिलो पटक ह्याट्रिक लिएका थिए । खेलमा अफगानिस्तानका लागि मोहमद नबिले अर्धशतकीय पारी खेले । ५५ बल खेलेका उनले ४ चौका र १ छक्काको सहयोगमा ५२ रन बनाए । 


त्यस्तै रहमत शाहले ३६ रन जोड्दा कप्तान गुल्बदीन नइबले २७, नजिवगल्हा ज्रर्दान २१ त्था रशिद खानले १४ रनको योगदान गरे । बलिङतर्फ भारतका लागि मोहमद शमीले सर्वाधिक चार विकेट लिए । त्यस्तै जस्प्रित बुम्राह, युज्भेन्द्र चहल र हार्दिक पान्ड्याले समान दुई–दुई विकेट लिए । 


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२४ रन बनायो । भारतका लागि कप्तान विराट कोहली र केदार जाधवले अर्धशतकीय पारी खेले । ६३ बल खेलेका विराटले ५ चौकाको सहयोगमा ६७ रन पूरा गरे । ६८ बल खेलेका केदार जाधवले ३ चौका र १ छक्काको सहयोगमा ५२ रन बनाए । भारतका लागि केएल राहुल ३० रन जोड्दा विजय शंकर २९ र महेन्द्र सिंह धोनीले २८ रन जोडे ।   

बलिङतर्फ अफगानिस्तानका लागि गुल्बदीन नइब र मोहम्मद नाबीले दुई–दुई विकेट लिए । त्यस्तै रहमत शाह, रशिद खान, आफताव आलम र मुजीब उर–हमानले समान एक–एक विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!