नेपालले सिङ्गापुरलाई ३२७ को विशाल लक्ष्य दियो

Posted on: 05 Jul, 2019

असार २०, काठमाडौँ । मलेसियामा जारी एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई जितका लागि ३२७ रनको विशाल लक्ष्य दिएको छ ।

क्वालालम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै चार विकेटको क्षतिमा ३२६ रनको योगफल बनायो ।

नेपालका लागि रित गौतमले सर्वाधिक ११५ रनको योगदान दिए । १३७ बल खेलेका उनले एक छक्का र १० चौका प्रहार गर्दै अविजित ११५ रन जोडेका हुन । त्यसैगरी खड्क बोहोराले ९० रनको योगदान दिँदा कुशल मल्लले अविजित ५१ तथा पवन सर्राफले ४५ रन जोडे ।

बलिङतर्फ सिङ्गापुरका प्रणव सुदर्शन राजेश कृष्णन र भिनित चितेस मेहेताले समान दुई ÷दुई विकेट लिए ।

यसअघि भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । यस खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । सिङ्गापुर अहिले जवाफी व्याटिङमा उत्रेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!