भारतलाई निरिह बनाउदै न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

Posted on: 10 Jul, 2019

असार २५, काठमाडौँ | भारतलाई पराजित गर्दै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । २४० रनको लक्ष्य पछ्याएको भारत रनमा २२१ रनमा अलआउट भएको हो । 


मंगलबारको खेल पानीले प्रभावित भएपछि रोकिएको र त्यसलाई निरन्तरता दिंदै बुधबार खेल भएको थियो । ४६ दशमलब १ ओभरमा ५ विकेटको क्षतिमा न्युजिल्याण्डले २ सय ११ रन बनाउँदा मंगलबार वर्षा भएपछि खेल बुधबारका लागि सारिएको थियो । बुधबार केहिबेर खेलेर न्युजिल्यान्डले भारतसामु ८ विकेट गुमाएर २४० रनको लक्ष्य प्रस्तुत गर्यो । तर भारतले खेलमा सुरुवाती चरणमै निकै खराव पर्दर्शन गर्यो । खेलमा पहिलो ५ ओभरमै भारतको ३ खेलाडी पबेलियन फर्किए । भारतका लागि रवीन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अर्धशतकीय पारी खेलेपनि अन्तिममा खेल न्युजिल्याण्डको पोल्टामा गयो । 


आजको खेलमा भारतका ओपनर रोहित शर्मा, केएल राहुल र कप्तान बिराट कोहली १ रनमै पवेलियन फर्किएका थिए । भारतका रिशब पन्त र हार्दिक पाण्ड्याले समान ३२–३२ रन जोडेर आउट भए । भारतलाई पराजित गर्नको लागि बलिङतर्फ न्युजिल्यन्डका लागि म्याट हेनरीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै न्युजिल्यान्डका मिचेल स्यान्टनर र ट्रेन बोल्टले समान दुई–दुई विकेट लिए । त्यस्तै ल्युक फर्गुसन र जिम्मी निशमले समान एक–एक विकेट लिए । 


म्यानचेष्टरस्थित ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा त्यहिँबाट सुरु भएको खेलमा  न्युजिल्यान्डका लागि रोस टेयलरले  ७४  रन बनाए । ९० बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरेका रोस रनआउट भएका थिए । खेलमा ओपनर मार्टिन गुप्टिल १ रन मात्र बनाएर आउट भए । त्यसपछि कप्तान केन विलियम्सनले अर्धशतक बनाएर ६७ रन जोडे । त्यस्तै १० रन बनाएर टोम लाथम आउट भए । म्याट हेनरीले १ रनमात्र जोड्न सके । त्यस्तै मिचेल स्यान्टनरले ९ र टेन्ट बोल्टले ३ रन बनाए । हेनरी निकोलस २८ रनमा पवेलियन फर्किँदा जेम्स निसम १२ रनमा आउट भए । त्यस्तै कोलिन डिले १६ रन जोडे । 


खेलमा न्युजिल्याण्ड बिरुद्ध भारतका भुवनेश्वर कुमारले सर्वाधिक तीन विकेट लिए भने हार्दिक पाण्डेय, जसप्रित बुम्रराह, युजवेन्द्र चहाल र रबिन्द्र जडेजाले एक–एक विकेट लिन् सफल भए । आजको खेलमा जितेसँगै न्युजिल्यान्डले अब फाइनलमा खेल भोली हुने अर्को सेमिफाइनल अष्ट्रेलिया र इङ्ल्यान्ड मध्ये एकसँग खेल्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!