नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने आबद्ध टिम टोरोन्टो प्लेअफमा पुग्यो

Posted on: 08 Aug, 2019

साउन २३, काठमाडौं | नेपालका युवा स्टार क्रिकेट खेलाडी सन्दीप लामिछाने आबद्ध टिम टोरन्टो नेसनल्स ग्लोबल टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ । क्यानाडामा जारी प्रतियोगिताअन्तर्गत बुधबार राति भएको अन्तिम खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गर्दै टोरोन्टो प्लेअफमा प्रवेश गरेको हो । 

१९० रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको मोन्टरियल टाइगर्सले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १५४ रन मात्रै बनाएपछि टोरोन्टोले जित हात पारेको हो । म्याथ्यु क्रसले ३९, दिनेश चन्डिमलले ३६ र केली कोट्जरले १८ रन बनाए पनि अन्य खेलाडीले राम्रो स्कोर बनाउन नसक्दा हार ब्यहोरेको हो । टोरोन्टोको जितमा मिचेल मेग्क्लेनघन र क्रिस ग्रीनले समान ३–३ विकेट लिए । सन्दीप लामिछानेले पनि एक विकेट लिए । सन्दीपले तीन ओभर बलिङ गर्दै २५ रन खर्र्चिएर एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टोरोन्टोले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १८९ रनको ठूलो स्कोर बनाएको थियो । उसका लागि रोड्रिगो थोमसले ७० तथा हेनरिच क्लासेनले अविजित ६४ रन बनाएपछि ठूलो स्कोर बनाएको थियो । टोरोन्टोले अब प्लेअफको इलिमिनेटरमा विनिपेग होक्ससँग खेल्नेछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!