विश्वकप फुटबलको दोस्रो चरणअन्तर्गत कुवेतसँग खेल्ने नेपाली फुटबल टिमको बिदाइ

Posted on: 30 Aug, 2019

भदौ १३, काठमाडौं । विश्वकप फुटबलको दोस्रो चरणअन्तर्गत कुवेतसँग खेल्ने नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायले बिदाई गरेका छन् | अखिल नेपाल फुटबल संघ (एन्फा) ले सादोबाटोमा आयोजित एक कार्यक्रमबीच आज खेलाडीलाई बिदाइ गरेको हो ।

 बिदाइ कार्यक्रममा सदस्यसचिव सिलवालले खेलाडीलाई राष्ट्रका लागि जितेर आउन शुभकामना दिएका छन् भने, एन्फा अध्यक्ष शेर्पाले नेपालले कुवेतलाई पराजित गरे उचित पुरस्कार राशि खेलाडीलाई दिइने बताए ।  तपाईंहरूले राम्रो नतिजा ल्याउनु हुन्छ भन्नेमा विश्वस्त छु । उनले भने, सबैले राम्रो खेलेर आउनु होला । कुवेतलाई जितेमा हामी पुरस्कारको घोषणा गर्नेछौं ।’

योपटक नियमित कप्तान विराज महर्जन भने टिममा छैनन् । 

नेपाली फुटबल टिम आइतबार कुवेत प्रस्थान गर्ने छ । मुख्य प्रशिक्षक कालिनले बिहीबार २३ सदस्यीय नेपाली फुटबल टिमको घोषणा गरेका थिए । विश्वकप फुटबलको दोस्रो चरणमा नेपाल रहेको समूह ‘बी’ मा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपे र कुवेत छन् । नेपालले कुवेतसँग उसकै भूमिमा भदौ १९ गते प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, २४ गते नेपालले चाइनिज ताइपेसँग उसैको भूमिमा खेल्दैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!