नेपाल जिम्बावे र सिंगापुर सम्मिलित टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दै

Posted on: 07 Sep, 2019

भदौ  २१, काठमाडौँ | ओमान क्रिकेटको आयोजनमा अक्टोबर ५ (असोज १८) देखि हुने टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता अघि नेपाली राष्ट्रिय टिमले सिंगापुरमा हुने टी-२० सिरिज खेल्ने भएको छ | नेपालले असोज दोस्रो साता सिंगापुरमा हुने त्रिकोणीय अन्तर्राष्ट्रिय टी-२० खेल्ने जनाइएको छ | 

सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सिंगापुरले टी-२० विश्वकप छनोटको तयारीका लागि आयोजना गर्न  लागेको हो | नेपाल र जिम्बावे छनोटबाट बञ्चित भए पनि सिंगापुर भने विश्वकप छनोट खेल्दैछ | नेपाल सिंगापुरमा प्रतिस्पर्धा गरेपछि उतैबाट ओमान जानेछ।

सिंगापुरमा नेपालको खेल असोज १० गते नेपाल भर्सेस जिम्बावे बिच हुने छ | असोज ११ नेपाल भर्सेस सिंगापुर, असोज १४ गते नेपाल भर्सेस जिम्बावे, असोज १५ गते नेपाल भर्सेस सिंगापुरबिच खेल हुने छ |ओमान हुने प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिता आइसिसी टी-२० विश्वकप छनोटको पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको हो | विश्व छनोट प्रतियोगिता अक्टोबर ११ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ। नेपाल भने गत महिना सिंगापुरमा भएको एसिया छनोटमै रोकिएको थियो। विश्व वरीयताको ११ औं स्थानमा रहेको नेपाललाई पछि पारेर सिंगापुरले एसियाबाट विश्व छनोटमा स्थान पक्का गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!