पीएसजीको जितमा नेयमारको निर्णायक गोल

Posted on: 15 Sep, 2019

भदौ २९, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा स्ट्रासबर्गमाथि संघर्षपूर्ण जित निकालेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा पीएसजीले स्ट्रासबर्गलाई १–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमारले निर्णायक गोल गरे । 


पहिलो हाफमा गोलरहित बराबरी खेलेको पीएसजीले खेलको अन्तिम समयमा गोल गर्न सफल भयो । खेलको ९०औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई बराबरी हुनबाट जोगाए । खेल अवधिभर आफ्नो पकडमा बल पोजिसन राखे पनि पीएसजीले एक गोल बाहेक थप गोल गर्न भने सकेन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!