१० औं लिगलिगे दौड प्रतियोगिता असोज १६ गते हुने, दौडमा सहभागी हुन आव्ह्वान

Posted on: 24 Sep, 2019

मनोज पराजुली । असोज ७, गोरखा। १० औं 'लिगलिगे दौड प्रतियोगिता' असोज १६ गते हुने भएको छ। चेपे र मस्याङ्दी नदीको दोभानबाट लिगलिगकोटसम्म दौडेर जित्नेलाई राजा छान्ने पुरानो परम्पराको स्मरणमा असोज १६ गते लिगलिगे दौड प्रतियोगिता २०७६ गर्न लागिएको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण बहादुर रानाले जानकारी दिए । 

पालुङटार नगरपालिका, नेपाली सेना ( रणसिंह दल गण) र लिगलिगकोट बिकाश अभियानको संयुक्त आयोजनामा १० औ “लिगलिगे दौड प्रतियोगिता” २०७६ को आयोजना गरिएको अध्यक्ष रानाले बताए। दौड प्रतियोगिता चेपे र मस्र्याङ्दी नदीको दोभान चेपेघाटबाट सुरु भई लिगलिगकोट दरबारसम्म (१३.८ कि.मि) दौडने व्यवस्था गरिएको रानाले बताए । 


उक्त प्रतियोगितामा प्रथम हुनेलाई ६०  हजार १ सय रुपियाँ, पगरी, श्रीपेंच, मेडल र प्रमाणपत्र सहित सम्मान गरिनेछ। त्यसैगरी, दोस्रो हुनेलाई ३५ हजार १ सय रुपियाँ र मेडल तथा प्रमाणपत्र, तृतीय हुनेलाई २५ हजार १ सय रुपियाँ र मेडल तथा प्रमाणपत्रले सम्मान गरिने रानाले बताए ।  त्यसैगरी, चौथो हुनेलाई १५ हजार, पाँचौ  हुनेलाई नगद १० हजार, छैटौं  हुनेलाई नगद ७ हजार, सातौं  हुनेलाई नगद ५ हजार, आठौं हुनेलाई नगद ४ हजार,नवौं  हुनेलाई  नगद ३ हजार, दशौं हुनेलाई नगद २ हजार रुपियाँ पुरस्कार तोकिएको छ । नगदका साथ सबैलाई मेडल तथा प्रमाणपत्रले सम्मान गरिने अध्यक्ष रानाले जानकारी दिए ।

त्यसैगरी, महिला खुल्ला (बड्डाडाबाट ५ कि.मि.) दौड तर्फ प्रथम हुनेलाई नगद २० हजार ५, दोस्रो हुनेलाई नगद १२  हजार ५, तेस्रो हुनेलाई नगद ७ हजार ५ रुपियाँका साथ  मेडल तथा प्रमाणपत्रले सम्मान गरिनेछ।

त्यसैगरी, लिगलिगवासी (चेपेघाटबाट १३.८ कि।मि।)  दौड तर्फ प्रथम हुनेलाई नगद २०  हजार ५, दोस्रो हुनेलाई  नगद १२  हजार ५,तेस्रो हुनेलाई  नगद ७  हजार ५ रुपियाँका साथ मेडल तथा प्रमाणपत्रले सम्मान गरिनेछ।  त्यसैगरी, चौथो हुनेलाई  नगद ३  हजार ५ रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ।

त्यसैगरी, छात्र/छात्रा (बोहरा गाउ“) (१५–१८ वर्षसम्मका) दौड तर्फ प्रथम हुनेलाई नगद ५  हजार १ सय रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी, दोस्रो   हुनेलाई  नगद   रु ३   हजार एक सय रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी, तृतीय हुनेलाई  नगद   रु २ हजार एक सय रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ ।

त्यसैगरी, भेट्रान  (बड्डा“डाबाट ५ कि.मि.)(४० वर्षमाथि) दौड तर्फ प्रथम हुनेलाई नगद ५ हजार १ सय रुपियाँ, दोस्रो हुनेलाई नगद ३ हजार एक सय रुपियाँ, तृतीय हुनेलाई  नगद २ हजार एक सय रुपियाँका साथ मेडल तथा  प्रमाणपत्रले सम्मान गरिने आयोजकले जनाएको छ।

दौड प्रतियोगितामा भाग लिन चाहनेहरुले असोज ५ गतेदेखि असोज १३ गते भित्रमा फाराम भरिसक्नुपर्नेछ। फाराम दस्तुर लिगलिगबासी,महिला र नेपाली सेनाका लागि रु. ५ सय र नेपालीका लागि एक हजार तथा विदेशी नागरिकका लागि ५ हजार तोकिएको रानाले बताए ।

४६७ वर्षपछि लिगलिगबासीहरूले ‘लिगलिग विकास अभियान’ नामक संस्था स्थापना गरी पुर्खाले छोडेको चिनोको सम्झेर २०६७ बाट यो दौडलाई पुनः सुरु गरेका हुन् । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न, आन्तरिक पर्यटनमा वृद्धि गर्न, स्थानीय जनताको आर्थिक स्तर मजुबुत बनाउन र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यका साथ सुरु गरिएको यो प्रतियोगिता प्रत्येक दशैंको घटस्थापनाको अघिल्लो दिन हुँदै आएको छ ।

२०६७ देखि २०७६ सम्म निरन्तर हुँदै आएको दौडमा गत वर्ष पर्वतका अनिष थापा मगर प्रथम भई लिगलिगकोटका राजा भएका थिए  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!