टि–ट्वान्टी बरियतामा नेपालको स्थितिमा सुधार

Posted on: 13 Oct, 2019

असोज २६, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ बरियतामा नेपाल एक स्थान उक्लेको छ । आइसिसीले सार्वजनिक गरेको महिला टि–ट्वान्टी क्रिकेटको बरियतामा एक स्थान सुधार गर्दै नेपाल १४औँ स्थानमा उक्लिएको हो । 

यसअघि आइसिसी बरियतामा नेपाल १५औँ स्थानमा थियो । नयाँ बरियताअनुसार नेपालले १७ खेलबाट १२८ रेटिङ पाएको छ । नयाँ बरियतामा अष्ट्रेलिया पहिलो, इङ्ग्ल्याण्ड दोस्रो तथा न्युजिल्याण्ड, वेष्ट इण्डिज र भारत क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।


आइसिसीको टि–ट्वान्टी महिला खेलाडीको बरियतामा नेपालकी सीता राना मगर र नेरी थापा समावेश भएका छन् । नेपालकी उपकप्तान सीता अलराउण्डरतर्फ ५८औँ स्थानमा अटाएकी छन् भने ब्याटिङतर्फ उनी ८३औँ स्थान रहेकी छिन् । बलिङतर्फ पूर्व कप्तान थापा ९२औँ स्थानमा रहेकी छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!