भारत यु-१९ 'बी' टिमविरूद्ध कप्तान रित रित गौतमले प्रहार गरे अर्धशतक

Posted on: 15 Nov, 2019

कार्तिक २९, काठमाडौँ | भारतीय क्रिकेट कन्ट्रोल बोर्डको आयोजनामा विजयावाडामा भइरहेको यु-१९ एकदिवसीय च्यालेञ्ज ट्रफीमा नेपाली यु-१९ टिमका कप्तान रित गौतमले अर्धशतक प्रहार गरेका छन् | उनले शुक्रबार भारत यु-१९ 'बी' टिमविरुद्ध अर्धशतक प्रहार गरेका हुन् |

उनले ९३ बलमा १२ चौका र १ छक्का प्रहार गरेका थिए |खेलमा नेपालका अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् | जसका कारण नेपाली टिम १ बल खेल्न बाँकी छदा २१० रनमा अलआउट भयो  | केहिबेरमा भारतीय टिम २११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गर्ने भएको छ |

नेपालका लोकेश बम ५ रन, त्रृतराज दास २ रन, विशाल विक्रम केसी ३ रन र अभिषेक बस्नेत ० मा आउट भए | यस्तै हरिबहादुर चौहान २० रन, कुशल मल्ल १२ रन, शेर मल्ल ३३ रन, आकास चन्द १८ रन, गौतम खत्री ५ रन र सागर ढकालले ९ रन बटुले |

यस बिषयमा तपाइको प्रतिक्रिया...!