क्रिकेटर सचिन तेन्दुलकरले भेटे प्रधानमन्त्री ओलीलाई

Posted on: 17 Nov, 2019

मंसिर १, काठमाडौँ | युनिसेफका सद्भावनादूतका रुपमा नेपाल आएका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् | उनी शुक्रबार राति नेपाल आएका थिए | तेन्दुलकरले आइतबार प्रधानमन्त्री निवासमा ओलीलाई भेटेका हुन् |


सचिनले नेपालले बाल अधिकारका बारेमा गरेका कामको प्रशंसा गरेको प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटर मार्फत जानकारी गराएका छन् | सचिनले शनिबार कीर्तिपुरस्थित टियु मैदानमा बालबालिकासँग क्रिकेट खेलेका थिए |

टियु मैदानमा बालअधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा युनिसेफ नेपालले सचिनको टिम र पूर्वकप्तान विनोद दासको टिमबीच मैत्रीपूर्ण क्रिकेटको आयोजना गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!