नेपाली फुटबल खेलाडीले खेले दशरथ रंगशालामा अभ्यास खेल

Posted on: 25 Nov, 2019

मंसिर ९, काठमाडौं | देशको एक मात्र अन्तर्राष्टिय रंगशाला दशरथ  रंगशालामा  नेपाली फुटबल खेलाडीले अभ्यास गरेका छन् | वि स  २०७२ सालमा गएको विनासकारी भूकम्पले क्षेतीग्रस्त बनेको उक्त रंगशाला साढे चार वर्षपछि बनेको छ |

१३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना हुन ६ दिनअघि मात्र खेलाडीले मैदानमा प्रवेश पाएका छन् | आफनै मैदानमा अभ्यासका लागि वर्षौं कुरेका खेलाडी घरेलु मैदानमा स्वर्ण पदक जित्ने विश्वास लिएका छन् | बालगोपाल महर्जनको अभ्यासमा रहेको नेपाली यू-२३ टोलीको कप्तानी सुजल श्रेष्ठले गर्नेछन् । गत संस्करणको उपविजेता भारतले घरेलु लिगको कारण देखाउँदै सहभागिता नजनाउने भएपछि नेपाललाई स्वर्णको अवसर छ |

यसअघि नेपालले भारतमा आयोजना भएको १२ औं सागमा घरेलु टोलीमाथि ऐतिहासिक जित निकाल्दै उपाधि जितेको थियो | १५ गतेबाट सुरु हुने साग काठमाडौं, पोखरामा र जनकपुरमा चल्ने छ | भने राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!